19.5 C
Nepal
Monday, September 16, 2024

अब वर्ल्डलिङ्‍कले इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता दिने

वर्ल्डलिङ्‍कले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’ सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्‍क कम्युनिकेसन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो ।

नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वर्ल्डलिङ्‍कले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ । आफ्ना ग्राहकहरुलाई अब वर्ल्डलिङ्‍कको इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको कम्पनीले जनाएको छ । यो समयमा जब अरु सबै कम्पनीहरु मूल्यको प्रतिस्पर्धामा रहेका छन् भने वर्ल्डलिङ्‍कले गुणस्तरीय सेवालाई प्राथमिकता दिएको कम्पनीको दाबी छ ।

‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क विना नै यो सेवा पाउने कम्पनीले बताएको छ । यस्ता ग्राहक ७ लाख ८० हजार रहेका छन् ।

यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन भने यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँनेछन् । यो सुविधा दिनका लागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ ।

कसरी दाबी गर्ने ? कति रकम फिर्ता हुन्छ ?

ग्राहकको इन्टरनेट स्पिड स्लो हुने वित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन । स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखा कार्यालय वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ ।

वर्ल्डलिङ्‍कले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको ठेगानामा इन्टरनेट स्पीड चेक गर्न पठाँउनेछ, इन्टरनेट स्लो भएको कारण पत्ता लगाई समस्याको समाधान गर्नेछ । तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ ।
रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको छ । उदाहरणको लागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरिसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछ ।

कसले दाबी गर्ने ?

इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन् ।

यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिङ्‍कले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ।

५१ वटा शाखामा सर्भिस ग्यारेन्टीको अफर

वर्ल्डलिङ्‍कले देशभरका मुख्य शहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ । जसमध्ये ५१ वटा शाखाका ग्राहकहरुले सुविधाको फाइदा लिन सक्नेछन् । जसमा देशभरका सबै मुख्य शहरहरु पर्दछन्। वर्ल्डलिङ्‍कले आउने दिनहरुमा यो सुविधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने कम्पनीको भनाइ छ ।

वर्ल्डलिङ्‍कको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ र २७ वर्षदेखि आफ्नो उपस्थिति रहेको वर्ल्डलिङ्‍कको पहुँच ७४ जिल्लामा पुगिसकेको कम्पनीले बताएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here