पशुपतिनाथमा लगाईएको जलहरी निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज आइतबार उक्त जलहरी निकालेको हो ।
आयोगको टोलीले जलहरीमा कती सुन प्रयोग भएको छ भन्ने थाहा पाउन नाप तौल गर्न जलहरी निकालेको हो ।
जलहरीको सुन टोलीले मन्दिर परिसरमा जोख्ने जनाएको छ । त्यस क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने सीसीटीभी जडान गरिएको छ । जलहरीमा जडित सुन तोकिएभन्दा कम भएको भन्ने उजुरी परेपछी अख्तियारले नाप जाँच गर्न लागेको हो ।