18.6 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 257

अदालतले प्रदर्सन गर्नु भने पनि ‘आदिपुरुष’ प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

0

अदालतले प्रदर्शन गर्न अनुमती दिएपनी विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । संघले शुक्रबार वक्तव्य जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका फिल्मलाई मात्र प्रदर्शन गर्ने उल्लेख गरेको छ ।

नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत संघले जनाएको छ । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको समेत संघले जनाएको छ ।

उच्च अदालत पाटनले बिहीबार काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध संघले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिईसकेको छ । मंगलबार संघ र महानगर दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । साथै, सेन्सर बोर्डले पास गरेका फिल्मलाई प्रदर्शनमा रोक नलगाउन भन्दै अदालतले आदिपुरुष प्रदर्शनको बाटो समेत खुला गरिदिएको थियो ।

अदालतले आदेश दिए पनि आदिपुरुषको प्रदर्शन नगर्ने निर्णय संघले गरेको हो । जसअनुसार शुक्रबारदेखि नेपालमा सारा अली खान र विक्की कौशल स्टारर ‘जरा हट्के जरा बच्के’ फिल्मको पुनः प्रदर्शन भएको छ ।

नागरिक लगानी कोषलाई २६.३१६ प्रतिशत लाभांश वितरण गर्न अर्थको स्वीकृति

0

नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश वितरण गर्न अर्थमन्त्रालयले स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँगै अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनार्थ १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका हुन् ।
मन्त्रिपरिषद्को बैठकले कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार पु¥याउन स्वीकृति दिएसँगै अब कोषको वार्षिक साधारण सभा बस्ने बाटो खुलेको छ ।

कोषको सञ्चालक समितिको बैशाख २९ गतेको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको थियो । सो प्रस्ताव अर्थमन्त्रालयमा पठाएकोमा मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको चुक्तापुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

किसानलाई मल अभाब हुन दिन्न : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ ।

संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’

सोल्टी होटेलको सेयर चुक्ता पुजी भन्दा ५१ गुणा महँगो , बुक भ्यालु भन्दा २३ गुणा महँगो !

के तपाईंलाई थाहा छ ? सोल्टी होटेलको प्रतिसेयर चुक्ता पुजी कती हो ? थाहा छैन भने यसको चुक्ता पूजी प्रतिसेयर रु १० हो । यसको सेयर अहिले सर्बाधिक महँगो बनेको छ ।


तपाईं यदी यसको चुक्ता पुजी अरु कम्पनिको जस्तै १०० रुपैया हो र यो ५ गुणा मात्र त महँगो हो भनेर सोचिरहनु भएको छ भने तपाईं गलत हुनुन्छ । यसको चुक्ता पुजी रु १० प्रतिसेयर हो र यो अहिले ५१ गुणा महँगो छ ।


यसको अर्थ यो कम्पनिको सेयर स्प्लिट गरेर १००को सेयरलाई १० वटा सेयर बनाईएको छ । यसलाई सरल बुझ्ने भाषामा भन्दा तपाईं अरु कम्पनिको जस्तै १०० चुक्तापुजिको १ कित्ता किन्न ५१३० ( पाच हजार एक सय तिस ) तिरिरहनु भएको छ । यो लगभग ५१ गुणा महङ्गो हो ।

अब यसलाई बुक भ्यालु अर्थात किताबी मुल्यबाट हेरौ , यसको किताबी मुल्य २१.७१ रहेको छ । किताबी मुल्य भनेको कम्पनिको सम्पूर्ण सम्पनिबाट सम्पूर्ण दाहित्व घटाऊदा आउने रकम हो । यसको अर्थ यो कम्पनिको वास्तविक मुल्य रु २१.७१ हो । कम्पनी केही कारणले बन्द हुने स्थिती आयो भने सेयर धनीले पाउने रकम हो यो ।
यसरी हेर्दा तपाईं किताबी मुल्य भन्दा लगभग २३ गुणा महँगोमा उक्त सेयर किन्दै हुनुन्छ ।

वारेन बफेट भन्नु हुन्छ कि तपाईं आधारभुत रुपमा बलियो कम्पनी किन्नुस र त्यो पनि सस्तो मुल्यमा किन्नुस , नत्र पछी पुर्पुरोमा हात लगाएर बस्नु सिवाय केही बाँकी रहन्न । किनकी आधारभुत रुपमा कमजोर कम्पनी यदी महँगोमा किन्नु भयो भने खेलाडिले तपाईंलाई टोपी लगाइदिनेछन ।

त्यसो भए यो कम्पनी किन यती महङ्गो भयो त ? के यो आधारभुत ( फनडामेन्टल ) रुपमा बलियो छ त ? उत्तर हुन्छ – छैन । यसको ईपियस २०७९-८० को तेश्रो चौमाससम्म ५.५९ प्रतिसेयर रहेको छ । तपाईं ५.५९ रुपैया कमाउन ५१३ रुपैया लगाउदै हुनुन्छ । यसको सिधा अर्थ तपाईं १ रुपैया कमाउन ९१ रुपैया तिर्दै हुनुन्छ ।


यसको सबै भन्दा बढी बाडेको लाभाम्स २०६६-६७ देखी ०६८-६९ सम्म लगातार तीन बर्ष ३२ प्रतिसत रहेको छ भने आब २०७८-८९ मा यसले २१ प्रतिसत नगद र ५ प्रतिसत बोनस सेयर बाडेको थियो । त्यो भन्दा अघिल्लो दुई बर्ष केही दिएको थिएन भने त्यसअघी छ प्रतिसत देखी १६ प्रतिसत सम्म डिभिडेन्ड बाडेको थियो । यसरी हेर्दा फनडामेन्टल्ली राम्रो बोनस , डिभिडेन्ट दिने कम्पनी नि यो होइन ।

यसरी हेर्दा समग्रमा अहिलेको मुल्यमा यो कम्पनी ओभरप्राइस्ड देखियो र अहिले किन्नु भने टोपी लगाउनु जस्तै हो । लगानी नै गर्नु छ भने राम्रो बोनस दिने कम्पनिमा लगानी गर्नुस् ।


नत्र टोपी मास्टरले तपाईंलाई टोपी लगाएर टाप कस्दा तपाईं हेरेको हेरै हुनु हुने छ । पुर्पुरोमा हात राखेर गल्ती गरेछु भन्दै घाटा लागेर बस्नु सिवाय तपाई सङ्ग अर्को उपाय बाँकी रहने छैन


होटेल र टुरिस्म सेक्टर पुरै माथिल्लो बिन्दुमा पुगिसकेको छ । जुनासुकै बेला यसमा राम्रो गिरावट आउन सक्छ । किनकी यो स्याचुरेसनतिर पुगिसकेको छ ।

नोट : यो बाइ सेल रिकोमेन्डेसन होइन । लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नु होला ।

एनएमबि बैंकले ल्यायो नेपालमा वीच्याट पे , चिनियाँ पर्यटकले नेपालमा सजिलै भुक्तानी गर्न मिल्ने

छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट वीच्याट पे आधिकारिक रुपमा एनएमबि बैंकसँगको साझेदामार्फत पहिलोपटक नेपाली बजारमा ल्याएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत चेन सोङले वीच्याट पे क्यूआर कोडमार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने वीच्याट पेको सुविधा र नेपाल–चीन फ्रेन्डसिपको विषयमा प्रकाश पारे। उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वीच्याट पेमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकिङ प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायक बिक्रेताले प्राप्त गर्ने बताए। यसले डिजिटल बैंकिङ कारोबारलाई समेत प्रोत्साहन हुने उनले विश्वास व्यक्त गरे।

वीच्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका सञ्चालक योगेन्द्रलाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायत नेपाली र चिनियाँ अधिकारीहरुको उपस्थितिमा लेकसाइड पोखरामा एक समारोहबीच सम्पन्न गरिएको हो।

यो साझेदारीले वीच्याट पेमार्फत कारोबार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकको लागि नयाँ अवसर प्रदान गरेको छ। अब आगन्तुकले आफ्नो वीच्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त एनएमबि बैंकमार्फत नेपालमा सीधै आधिकारिक कारोबार गर्न सक्नेछन्।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

लगानी नगर्नेहरु मुर्ख हुन , यस्ता छन् वारेन बफेटका १० लगानी मन्त्र

0

आज असार ८ गते थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने अन्तिम दिन रहेको छ।

यस कम्पनिले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यस आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर खरिद आवेदन दिन सकिनेछ।

सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा ७ लाख ६५ हजार ६८४ आवेदकबाट कुल ८५ लाख २६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १३.९० गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

आज थ्रीस्टार हाइड्रोपावरको आईपीओ भर्ने अन्तम दिन

0

आज असार ८ गते थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने अन्तिम दिन रहेको छ।

यस कम्पनिले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यस आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर खरिद आवेदन दिन सकिनेछ।

सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा ७ लाख ६५ हजार ६८४ आवेदकबाट कुल ८५ लाख २६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १३.९० गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

0

गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।

प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । उनले भने, ‘आज बिहान ५ बजे मैले अपडेट लिँदा प्रहरीले पाँच जनाको शव भेटिएको छ भनेर भनेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।’

बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘त्यो गाडीमा १८/१९ जना थिए भन्ने खुलेको छ ।’

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।

कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

फिल्म हलबाट काठमाडौं नगर प्रहरी फिर्ता,जनताबाटै बहिस्कार

0

काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता भएको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता भएका हुन् ।’

मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछी कतै समर्थन, कतै आलोचना भइरहेको छ ।

छुर्पी बेचेर नेपालले कमायो ११ महिनामै ३ अर्ब

0

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामै करिब ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्‍कअनुसार साउनदेखि जेठसम्म नेपालबाट २ अर्ब ९६ करोड ६६ लाख ५० हजार रुपैयाँ बरारको १५ लाख ६३ हजार ३९० किलो छुर्पी निर्यात भएको छ ।

जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३८ करोड ६१ लाख रुपैयाँ बराबरले बढी हो । गत आवको यसै अवधिमा नेपालबाट २ अर्ब ५८ करोडको १५ लाख ५२ हजार २२२ किलो छुर्पी निर्यात भएको थियो ।

भन्सार विभागकाअनुसार नेपालले धेरै छुर्पी अमेरिकालाई बिक्री गर्ने गरेको छ । जेठसम्म नेपालले १३ लाख २१ हजार किलो छुर्पी अमेरिका निर्यात गरेर २ अर्ब ५५ करोड रुपैयाँ कमाइ गरेको छ ।

यस्तै क्यानडामा एक लाख ३६ हजार किलो छुर्पी निर्यात हुँदा २७ करोड रुपैयाँ नेपालले आर्जन गरेको छ ।

हङकङमा एक करोड १२ लाखको छुर्पी निर्यात हुँदा जापान र बेलायतमा समान ३/३ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।