15.6 C
Nepal
Saturday, October 26, 2024

सोल्टी होटेलको सेयर चुक्ता पुजी भन्दा ५१ गुणा महँगो , बुक भ्यालु भन्दा २३ गुणा महँगो !

के तपाईंलाई थाहा छ ? सोल्टी होटेलको प्रतिसेयर चुक्ता पुजी कती हो ? थाहा छैन भने यसको चुक्ता पूजी प्रतिसेयर रु १० हो । यसको सेयर अहिले सर्बाधिक महँगो बनेको छ ।


तपाईं यदी यसको चुक्ता पुजी अरु कम्पनिको जस्तै १०० रुपैया हो र यो ५ गुणा मात्र त महँगो हो भनेर सोचिरहनु भएको छ भने तपाईं गलत हुनुन्छ । यसको चुक्ता पुजी रु १० प्रतिसेयर हो र यो अहिले ५१ गुणा महँगो छ ।


यसको अर्थ यो कम्पनिको सेयर स्प्लिट गरेर १००को सेयरलाई १० वटा सेयर बनाईएको छ । यसलाई सरल बुझ्ने भाषामा भन्दा तपाईं अरु कम्पनिको जस्तै १०० चुक्तापुजिको १ कित्ता किन्न ५१३० ( पाच हजार एक सय तिस ) तिरिरहनु भएको छ । यो लगभग ५१ गुणा महङ्गो हो ।

अब यसलाई बुक भ्यालु अर्थात किताबी मुल्यबाट हेरौ , यसको किताबी मुल्य २१.७१ रहेको छ । किताबी मुल्य भनेको कम्पनिको सम्पूर्ण सम्पनिबाट सम्पूर्ण दाहित्व घटाऊदा आउने रकम हो । यसको अर्थ यो कम्पनिको वास्तविक मुल्य रु २१.७१ हो । कम्पनी केही कारणले बन्द हुने स्थिती आयो भने सेयर धनीले पाउने रकम हो यो ।
यसरी हेर्दा तपाईं किताबी मुल्य भन्दा लगभग २३ गुणा महँगोमा उक्त सेयर किन्दै हुनुन्छ ।

वारेन बफेट भन्नु हुन्छ कि तपाईं आधारभुत रुपमा बलियो कम्पनी किन्नुस र त्यो पनि सस्तो मुल्यमा किन्नुस , नत्र पछी पुर्पुरोमा हात लगाएर बस्नु सिवाय केही बाँकी रहन्न । किनकी आधारभुत रुपमा कमजोर कम्पनी यदी महँगोमा किन्नु भयो भने खेलाडिले तपाईंलाई टोपी लगाइदिनेछन ।

त्यसो भए यो कम्पनी किन यती महङ्गो भयो त ? के यो आधारभुत ( फनडामेन्टल ) रुपमा बलियो छ त ? उत्तर हुन्छ – छैन । यसको ईपियस २०७९-८० को तेश्रो चौमाससम्म ५.५९ प्रतिसेयर रहेको छ । तपाईं ५.५९ रुपैया कमाउन ५१३ रुपैया लगाउदै हुनुन्छ । यसको सिधा अर्थ तपाईं १ रुपैया कमाउन ९१ रुपैया तिर्दै हुनुन्छ ।


यसको सबै भन्दा बढी बाडेको लाभाम्स २०६६-६७ देखी ०६८-६९ सम्म लगातार तीन बर्ष ३२ प्रतिसत रहेको छ भने आब २०७८-८९ मा यसले २१ प्रतिसत नगद र ५ प्रतिसत बोनस सेयर बाडेको थियो । त्यो भन्दा अघिल्लो दुई बर्ष केही दिएको थिएन भने त्यसअघी छ प्रतिसत देखी १६ प्रतिसत सम्म डिभिडेन्ड बाडेको थियो । यसरी हेर्दा फनडामेन्टल्ली राम्रो बोनस , डिभिडेन्ट दिने कम्पनी नि यो होइन ।

यसरी हेर्दा समग्रमा अहिलेको मुल्यमा यो कम्पनी ओभरप्राइस्ड देखियो र अहिले किन्नु भने टोपी लगाउनु जस्तै हो । लगानी नै गर्नु छ भने राम्रो बोनस दिने कम्पनिमा लगानी गर्नुस् ।


नत्र टोपी मास्टरले तपाईंलाई टोपी लगाएर टाप कस्दा तपाईं हेरेको हेरै हुनु हुने छ । पुर्पुरोमा हात राखेर गल्ती गरेछु भन्दै घाटा लागेर बस्नु सिवाय तपाई सङ्ग अर्को उपाय बाँकी रहने छैन


होटेल र टुरिस्म सेक्टर पुरै माथिल्लो बिन्दुमा पुगिसकेको छ । जुनासुकै बेला यसमा राम्रो गिरावट आउन सक्छ । किनकी यो स्याचुरेसनतिर पुगिसकेको छ ।

नोट : यो बाइ सेल रिकोमेन्डेसन होइन । लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नु होला ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here