15.6 C
Nepal
Saturday, October 26, 2024

एनएमबि बैंकले ल्यायो नेपालमा वीच्याट पे , चिनियाँ पर्यटकले नेपालमा सजिलै भुक्तानी गर्न मिल्ने

छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट वीच्याट पे आधिकारिक रुपमा एनएमबि बैंकसँगको साझेदामार्फत पहिलोपटक नेपाली बजारमा ल्याएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत चेन सोङले वीच्याट पे क्यूआर कोडमार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने वीच्याट पेको सुविधा र नेपाल–चीन फ्रेन्डसिपको विषयमा प्रकाश पारे। उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वीच्याट पेमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकिङ प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायक बिक्रेताले प्राप्त गर्ने बताए। यसले डिजिटल बैंकिङ कारोबारलाई समेत प्रोत्साहन हुने उनले विश्वास व्यक्त गरे।

वीच्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका सञ्चालक योगेन्द्रलाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायत नेपाली र चिनियाँ अधिकारीहरुको उपस्थितिमा लेकसाइड पोखरामा एक समारोहबीच सम्पन्न गरिएको हो।

यो साझेदारीले वीच्याट पेमार्फत कारोबार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकको लागि नयाँ अवसर प्रदान गरेको छ। अब आगन्तुकले आफ्नो वीच्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त एनएमबि बैंकमार्फत नेपालमा सीधै आधिकारिक कारोबार गर्न सक्नेछन्।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here