15.6 C
Nepal
Saturday, October 26, 2024

लगानी नगर्नेहरु मुर्ख हुन , यस्ता छन् वारेन बफेटका १० लगानी मन्त्र

आज असार ८ गते थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने अन्तिम दिन रहेको छ।

यस कम्पनिले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यस आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर खरिद आवेदन दिन सकिनेछ।

सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा ७ लाख ६५ हजार ६८४ आवेदकबाट कुल ८५ लाख २६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १३.९० गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here