18.6 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 258

संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो, सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएन

0

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ ।

सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन २१ जेठमा डा. मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले वंशजकोआधारमा नागरिकता पाउन बाटो खुलेको छ ।

गत वर्ष तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमा राखेकी थिइन् ।

तर उक्त विधेयक १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम संविधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

0

सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतले मुद्दा फिर्ता लिनुको कारण पेश गर्न पनि सरकारलाई आदेश दिएको छ । अदालतको आदेशसँगै जिल्ला अदालतमा सरकारी वकिलले मुद्दा फिर्ता लिन दिएको निवेदन प्रभावहीन भएको छ ।

यो आदेश चित्त नबुझे सरकार अन्तरिम आदेश खारेजको माग गरी सर्वोच्च अदालत जान भने सक्नेछ ।

आफूमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउने बुधबार सर्वोच्च अदालत गएका थिए ।

मुद्दा फिर्ता लिने सरकारको निर्णय युक्तिसंगत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनले सरकारको निर्णय तत्काल रोक्नुपर्ने माग गरेका थिए ।

वेष्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

0

विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले ३४० रनको लक्ष्य पाएको छ ।

रास्वपाको चियापानमा बाबुराम भट्टराई : ०८४ मा स्वतन्त्र पार्टिको नेतृत्वमा सरकार बन्छ

0

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ०८४ को चुनावबाट सरकारको नेत्रित्वमा नयाँ दलहरु आउने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापना दिवसको अवसरमा बिहीबार चियापान आयोजना गरेको थियो सो कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ एजेण्डा नयाँ विचार सहितका शक्ति÷पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताए । उनले अघि भने, ‘त्यसक्रममा रास्वपा यसरी अगाडि आएकोमा खुसी छ ।’


उनले कांग्रेस, एमाले, माओवादीको नेत्रित्वमा सरकार नबन्ने बताए ।

सञ्चारकर्मीहरुको प्रश्नमा भट्टराईले ०८४ को चुनावमा नयाँ दलको सरकार बन्ने दाबी गरे । ‘०८४ मा चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ, को हुन्छ म भन्दिनँ’ उनले भने ।

कांग्रेस, एमाले, माओवादीको नेतृत्वमा सरकार हुँदैन भन्न खोज्नु भएको हो भन्ने अर्को प्रश्नमा उनले भने, ‘उनीहरु आउँदैनन् । उनीहरु बाहेकको सरकार बन्छ ।’

सेयर बजारमा सामान्य अङ्कको वृद्धि

0

साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ ।


आज ७४ कम्पनिको मुल्य बढे भने १४७ कम्पनिको मुल्य घटेको छ ।


बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरु राताम्य देखिए ।

बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रहेको छ ।

बिहीबार अधिकांश होटलको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, कालिञ्चोक दर्शन प्रालि, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटेलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो ।

सिटिजन्स म्यूचल फण्ड, इङ्वा हाइड्रो, नेष्डो समृद्ध लघुवित्तसहितका लगानीकर्ताले सर्वाधिक गुमाए । बिहीबार सोल्टी होटेल, हिमालयन डिष्ट्रलरी, शिवम् सिमेन्ट, नागरिक लगानी कोषलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

उपेन्द्र यादवको टिप्पणी : बाबुरामजी एकलकाट्टे हो

0

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एकिकरण नहुने बताएका छन् ।

सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए । मोर्चामा आवद्ध जसपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चा नै एउटा पार्टी नबन्ने बताए ।

मोर्चामा भएका कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने भन्दै उनले भने, ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ ।’

उनले बाबुरामलाई एक्लै हिंड्ने एकलकाट्टेको सँङ्घ्या दिए ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मोर्चामा छुटेको विषयमा सोधिएको प्रश्नमा उनले मोर्चा बनाउन झण्डै एक वर्षदेखि भएको छलफलमा डा. बाबुराम भट्टराईलाई कहिल्यै नदेखेको बताए । ‘बाबुराम भट्टराईले समातेको पनि होइन, छोडेको पनि होइन हामीले,’ कुनै छलफलमा नभएको भन्दै उनले हाँस्दै अघि भने, ‘फेरि बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भ’छ कि जस्तो छ ।’

सेबीले १३५ कम्पनीको १२६ करोड जफत किन गर्‍यो ?

 भारतीय सेयर बजार नियामक सेबीले सेयरको मूल्यमा हेरफेर गर्ने कम्पनीहरुमाथि कारबाही गरेको छ। 

सेबीले सार्वजनिक लगानीकर्तालाई सेयर किन्न उस्काउने उद्देश्यले ‘बाई’ गर्न सिफारिससहित बल्क एसएमएस प्रसारित गरी ५ स्मल क्याप कम्पनीका सेयरमूल्य हेरफेरमा संलग्न रहेको आरोपमा १३५ कम्पनीमाथि कारबाही गरेको हो।

सेबीले ती १३५ कम्पनीलाई अर्को निर्देशन नआएसम्म सेयर बजारमा प्रवेशमा रोक लगाएको छ। यसका साथै ती संस्थाले बजारमा हेरफेर गरी दुरुपयोग गरेको भन्दै सेबीले भारु १२६ करोड जफत गर्न आदेश पनि दिएको छ।

सेबीले हेरफेरको आरोप लगाएका ५ वटा सानो क्याप कम्पनीमा मौरिया उद्योग लिमिटेड, सेभेनएनआर रिटेल लिमिटेड, दार्जिलिङ रोपवे कम्पनी लिमिटेड, जीबीएल इन्डस्ट्रिज लिमिटेड र विशाल फेब्रिक्स लिमिटेड रहेका छन्।

सेबीका अनुसार सेयरभाउ प्रभावित पार्ने योजनाको पहिलो चरणमा मूल्य परिमाणमा प्रभाव पार्नेहरुले हेरफेर गरेर ५ वटा स्टकको मूल्य र परिमाण बढाएका थिए। एसएमएस पठाउने हनिफले ५ वटा स्टकमा बल्क एसएमएसमार्फत पहिलो नजरमा खरिद गरेको र सिफारिससहित सन्देश पठाएको सेबीले जनाएको छ।

त्यसपछि अन्तिम चरणमा अफ–लोडर लगानीकर्ताले ती ५ कम्पनीको सेयर (पहिले अधिग्रहण गरेका) चर्को मूल्यमा बेचेर चर्को नाफा आर्जन गरेको र धेरै तहमा यो रकम हेरफेरमा संलग्न सबैलाई बाँडिएको सेबीले जनाएको छ। उनीहरुले आफूलाई कम्पनीको प्रमोटर रहेको दाबी गरेको पनि सेबीको भनाइ छ। 

यो कारबाहीपछि सेबीले एसएमएस, विभिन्न वेबसाइट र टेलिग्राम, इन्स्टाग्राम र युट्युबजस्ता सामाजिक सञ्जालबाट हुने यस्ता ठगीका गतिविधिबाट बच्न सर्वसाधारणलाई सचेत गराएको छ। –एजेन्सी

बैंकिङ प्रणालीमा पैसा फालाफाल भएपछि रिभर्स रिपोमार्फत रु. १० अर्ब तान्दै राष्ट्र बैंक

बैकिङ प्रणालीमा पैसा फालाफाल भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक आज बिहीबार १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्न लागेको छ।

केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गर्न लागेको छ । तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलतालाई सामान्य अवस्थामा ल्याउन लागेको हो। जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार १४ गतेलाई तोकिएको छ।

जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ।

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो।

गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

0

आईसीसी एकदिवसीय विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका छन् ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।

वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

पूर्वबैंकर अनीलकेशरी शाह रास्वपामा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख

0

पूर्वबैंकर अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आज बसेको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको छ।

पार्टी सभापति रवि लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका छन ।

शाहले ३ दशक बढी बैंकिङ क्षेत्रमा बिताएका थिए। उनी नबिल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि निभाएका थिए।

अब शाह सक्रिय राजनीतिमा होमिएका छन्।