पूर्वबैंकर अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आज बसेको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको छ।
पार्टी सभापति रवि लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका छन ।
शाहले ३ दशक बढी बैंकिङ क्षेत्रमा बिताएका थिए। उनी नबिल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि निभाएका थिए।
अब शाह सक्रिय राजनीतिमा होमिएका छन्।