13.3 C
Nepal
Monday, March 24, 2025

सेबीले १३५ कम्पनीको १२६ करोड जफत किन गर्‍यो ?

 भारतीय सेयर बजार नियामक सेबीले सेयरको मूल्यमा हेरफेर गर्ने कम्पनीहरुमाथि कारबाही गरेको छ। 

सेबीले सार्वजनिक लगानीकर्तालाई सेयर किन्न उस्काउने उद्देश्यले ‘बाई’ गर्न सिफारिससहित बल्क एसएमएस प्रसारित गरी ५ स्मल क्याप कम्पनीका सेयरमूल्य हेरफेरमा संलग्न रहेको आरोपमा १३५ कम्पनीमाथि कारबाही गरेको हो।

सेबीले ती १३५ कम्पनीलाई अर्को निर्देशन नआएसम्म सेयर बजारमा प्रवेशमा रोक लगाएको छ। यसका साथै ती संस्थाले बजारमा हेरफेर गरी दुरुपयोग गरेको भन्दै सेबीले भारु १२६ करोड जफत गर्न आदेश पनि दिएको छ।

सेबीले हेरफेरको आरोप लगाएका ५ वटा सानो क्याप कम्पनीमा मौरिया उद्योग लिमिटेड, सेभेनएनआर रिटेल लिमिटेड, दार्जिलिङ रोपवे कम्पनी लिमिटेड, जीबीएल इन्डस्ट्रिज लिमिटेड र विशाल फेब्रिक्स लिमिटेड रहेका छन्।

सेबीका अनुसार सेयरभाउ प्रभावित पार्ने योजनाको पहिलो चरणमा मूल्य परिमाणमा प्रभाव पार्नेहरुले हेरफेर गरेर ५ वटा स्टकको मूल्य र परिमाण बढाएका थिए। एसएमएस पठाउने हनिफले ५ वटा स्टकमा बल्क एसएमएसमार्फत पहिलो नजरमा खरिद गरेको र सिफारिससहित सन्देश पठाएको सेबीले जनाएको छ।

त्यसपछि अन्तिम चरणमा अफ–लोडर लगानीकर्ताले ती ५ कम्पनीको सेयर (पहिले अधिग्रहण गरेका) चर्को मूल्यमा बेचेर चर्को नाफा आर्जन गरेको र धेरै तहमा यो रकम हेरफेरमा संलग्न सबैलाई बाँडिएको सेबीले जनाएको छ। उनीहरुले आफूलाई कम्पनीको प्रमोटर रहेको दाबी गरेको पनि सेबीको भनाइ छ। 

यो कारबाहीपछि सेबीले एसएमएस, विभिन्न वेबसाइट र टेलिग्राम, इन्स्टाग्राम र युट्युबजस्ता सामाजिक सञ्जालबाट हुने यस्ता ठगीका गतिविधिबाट बच्न सर्वसाधारणलाई सचेत गराएको छ। –एजेन्सी

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here