21.7 C
Nepal
Thursday, September 19, 2024

रास्वपाको चियापानमा बाबुराम भट्टराई : ०८४ मा स्वतन्त्र पार्टिको नेतृत्वमा सरकार बन्छ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ०८४ को चुनावबाट सरकारको नेत्रित्वमा नयाँ दलहरु आउने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापना दिवसको अवसरमा बिहीबार चियापान आयोजना गरेको थियो सो कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ एजेण्डा नयाँ विचार सहितका शक्ति÷पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताए । उनले अघि भने, ‘त्यसक्रममा रास्वपा यसरी अगाडि आएकोमा खुसी छ ।’


उनले कांग्रेस, एमाले, माओवादीको नेत्रित्वमा सरकार नबन्ने बताए ।

सञ्चारकर्मीहरुको प्रश्नमा भट्टराईले ०८४ को चुनावमा नयाँ दलको सरकार बन्ने दाबी गरे । ‘०८४ मा चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ, को हुन्छ म भन्दिनँ’ उनले भने ।

कांग्रेस, एमाले, माओवादीको नेतृत्वमा सरकार हुँदैन भन्न खोज्नु भएको हो भन्ने अर्को प्रश्नमा उनले भने, ‘उनीहरु आउँदैनन् । उनीहरु बाहेकको सरकार बन्छ ।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here