15.6 C
Nepal
Saturday, October 26, 2024

फिल्म हलबाट काठमाडौं नगर प्रहरी फिर्ता,जनताबाटै बहिस्कार

काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता भएको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता भएका हुन् ।’

मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछी कतै समर्थन, कतै आलोचना भइरहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here