17.7 C
Nepal
Friday, October 25, 2024

बैंकमा पैसा फालाफाल भएपछी रिभर्स रिपो मार्फत पुनः २० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकमा तरलता बढी भएपछी रिभर्स रिपो मार्फत पुनः २० अर्ब रुपैयाँ तरलता तान्न लागेको छ । १० असारमा ७ दिन अवधिको रिभर्स रिपो मार्फत २० अर्ब रुपैयाँको तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

बिहीबार मात्रै रिभर्स रिपो मार्फत १० अर्ब रुपैयाँ तरलता तानेको थियो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर लक्षित सीमामा नपुग्ने देखेपछी पुन तरलता तान्न लागेको छ । बुधबार रिपो मार्फत १० अर्ब तरलता खिच्दाको पारीणाम स्वरुप अन्तर बैंक ब्याजदर ३ प्रतिशत हाराहारी मात्रै आयो त्यसैले लक्षमा पुग्न थप तरलता खिच्न लागिएका राष्ट्र बैंकले जनाएको छ ।

१० अर्ब खिच्दा पनि अन्तरबैंक ब्याजदर ५ प्रतिशत भन्दा तलै भएपनि पुनः आइतबार २० अर्ब खिच्न लागेको हो । ‘अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी विन्दुले तलमाथि भएमा रिपो/रिभर्स रिपो बोलकबोल खुला हुने व्यवस्था मिलाइने छ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ । सोही अनुसार अन्तरबैंक ब्याजदर ५ प्रतिशत भन्दा तल झरेपछि रिभर्स रिपो जारी गर्दै तरलता खिचेको हो ।

अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा ३ प्रतिशत विन्दुभन्दा बढीले घट्न गएमा निक्षेप बोलकबोल खुला हुने पनि मौद्रिक नीतिमा उल्लेख थियो ।

बिहिबार भएको रिभर्स रिपो बोलकबोलमा ९ वटा बैंक तथा वित्तीय संस्थाको ५९ वटा प्रस्तावमा २६ अर्ब ३३ करोडको आवेदन दिएका थिए । उक्त रिभर्स रिपोको भारित औसत ब्याजदर ३.०१०९ प्रतिशत कायम भएको छ । अधिकतम ३.२४ प्रतिशत र न्युनतम २.७३९९ प्रतिशत रहेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here