24.5 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 219

अरुण काबेलीको भदौ ८ देखि हकप्रद आउँदै, उठेको रकम ॠण तिर्न र लगानी गर्न प्रयोग गरिने

0

अरुण काबेली पावर कम्पनी लिमिटेडले हकप्रद सेयर भदौ ८ गतेदेखि हकप्रद निस्कासन बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको थियो। जस अनुसार अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशनको मिती तोकेको हो ।

हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले, असार २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनिको हकप्रदमा भदौ २८ गतेसम्म आवेदन दिन पाइनेछ ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ।

हकप्रद सेयर निष्काशनबाट संकलन भएको रकममा ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि १ जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋण आंशिक तिर्न र १२० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको काबेली ए जलविद्युतमा लगानी गर्ने जनाएको छ ।

यस्तो पनि कम्पनी ? बुक भ्यालु १ रुपैया – कारोबार मुल्य १६१!

सेयर बजारमा कारोबार भईरहेका कम्पनीहरु मध्ये एउटा यस्तो पनी कम्पनी कारोबारमा रहेको पाइएको छ जसको बुक भ्यालु १.११ रहेको छ । बुक भ्यालु वा नेटवर्थ १.११ हुनु भने कम्पनिको सबै सम्पत्तिमा सबै दाहित्व घटाउदा सेयर्धनिको प्रतिसेयर सम्पती १.११ हुनु हो ।

यस्तो कम्पनिको नाम हो दिब्यसवरी हाइड्रोपावर लिमिटेड (DHPL) ।

यसको अर्थ यो कम्पनी घाटामा हैन महाघाटा रहेको देखिन्छ । कम्पनिको प्रतिसेयर चुक्तापुजी १०० मा लगभग ९९ रुपैया घाटा भएको देखिन्छ ।

यो कम्पनिको ईपियस माइनस १४।४९ रहेको छ भने प्राइस टु अर्निङ रेसियो माइनस ११।११ रहेको छ ।

कम्पनिको कुल चुक्ता पुजी २६ करोड चालिस लाख ( २,६४०,००,०००) रहेकोमा २६ करोड १० लाख ६९ हजार ६०० (२६,१०,६९,६००) हाराहारी रकम कम्पनी घाटामा रहेको देखिन्छ ।

हो , यही महाघाटाको दिब्यसवरी हाइड्रोपावर लिमिटेडको सेयर १६१ रुपैयामा बजारमा कारोबार भईरहेको पाइएको हो ।

सन नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै, २० हजार कित्तासम्म आवेदन दिन सकिने

0

प्रिमियम मूल्यमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ दरका दरले ९६ करोड रुपैयाँको ९६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो । जसमा ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने छ ।

४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ४ लाख ८० हजार कित्ता सेयर सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ७६ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

साउन ३२ गतेदेखि निष्कासन हुने सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्ता आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सी(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

बहुमत पाए जातिय राज्य बनाउछौ : प्रचण्ड

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा आफूहरुलाई बहुमत दिए सबै प्रदेशको नाम पहिचानका आधारमा राख्ने घोषणा गरेका छन् ।

उनले माओवादीले बहुमत पाए जातिय आधारमा राज्यहरु घोषणा गर्ने बताएका हुन ।

विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दोस्रो संविधानसभामा आफ्नो शक्ति क्षयीकरण भएका कारण पहिचानका आधारमा प्रदेश ल्याउन नसकेको बताए ।

‘२०८४ मा पहिचान पक्षधरलाई टन्नै मत हाल्दिनुभयो भने सदनैबाट त्यही पारित हुन्छ । अहिलेको घटनाक्रमले नयाँ चेतना हामी सबैमा पैदा भएको छ र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरुको नामकरण गर्न सकिन्छ’ उनले भने ।

आफू पहिचान र अधिकारको आन्दोलनकै नेता भएको भन्दै प्रचण्डले आफूहरुले विगतमा शेर्पा प्रदेश, किरात प्रदेशको कुरा गरेको पनि बताए । ‘शेर्पा प्रदेशको कुरा किरातको पनि मैले गरेकै थिएँ । तर त्यसलाई कार्यान्वयन गर्न जति तागत सदनमा हामीलाई चाहिने हो, पहिचानका पक्षधरलाई चाहिने हो, त्यो शक्ति हामीलाई प्राप्त भएन त्यसले गर्दा लागू गर्न सकिएन ।’

आफूले दोस्रो पटक प्रधानमन्त्री भएका बेला मधेशी र आदिवासी जनजातिको अधिकार लिपिवद्ध गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको तर त्यतिबेलाको ठूलो दलका कारण पारित हुन नसकेको बताए ।

बैदेशिक रोजगारिमा रहेकालाई हाथवे इन्भेष्टमेन्टले निष्कासन गरेको आइपिओ बिहीबार बाँडफाँड हुँदै

0

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेबाट पहिलाे चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे आईपीओ भाेलि साउन २५ गते बाँडफाँड गर्ने भएकाे छ ।

बिहीबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा बाडफाड हुनेछ ।

प्रतिकित्त ५० रूपैयाँ तोकेर निस्कासन गरिएको उक्त कम्पनिको आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता छुट्याइएको थियो ।

आईपीओ बाँडफाँड गर्दा न्युनतम २० कित्ता बाँडफाँड हुनेछ। यदी सबै आवेदकलाई न्युनतम २० कित्ता आईपीओ बाँडफाँड गर्न नपुग्ने भएमा गोलाप्रथाबाट बाँडफाँड गरिनेछ ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेकाे छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

४१ अङ्कले बढ्यो सेयर बजार, २०० कम्पनिको मुल्य बढ्यो

0

सेयर बजारमा आज दोहोरो अङ्कको बढोत्तरी भएको छ । आज सेयर बजार ४१.०६ अङ्कले बढेको छ । २.०३ प्रतिसतले बढ्दै आज २०६०.९१ अङ्कमा बन्द भएको छ ।


नेप्सेमा सुचिक्रित कम्पनिहरुहरु २०० कम्पनिको मुल्य बढेको छ भने १८ कम्पनिको मुल्य घटेको छ ।

त्यस्तै सेयर बजारमा आज १ अर्ब ८८ करोडको कारोबार भएको छ ।
आज बजारमा सर्बाधिक कमाउनेमा हिमालयन लघुबित्त,सुपर माइ हाइड्रोपावर, मनकामना स्मार्ट लघुबित्त ,मन्दकाली हाइड्रोपावर ,एसियन हाइड्रोपावर लगायतका कम्पनिहरु रहेका छन ।

त्यस्तै सर्बाधिक गुमाउने कम्पनिहरुमा सेन्चुरी डिबेन्चर ८८, लक्ष्मी लघुबित्त ,नेपाल रिपब्लिक मिडिया ,स्वरोजगार लघुबित्त बिकास बैंक लगायतका कम्पनिहरु रहेका छन ।

त्यस्तै आज सेयर बजारमा सर्बाधिक कारोबार कारोबार हुने कम्पनिहरुमा आइएमई लाइफ इन्सुरेन्स, शिभम सिमेन्ट , नेपाल रिपब्लिक मिडिया ,हिमालयन लाइफ इन्सुरेन्स , सोल्टी होटल लगायतका कम्पनीहरु रहेका छन ।

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

0

नेपाल टेलिकमका ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज हराएको छ । कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलका अनुसार ‘नमस्ते’ ब्राण्डका रिचार्ज कार्ड हराएको हो ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो । यी सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिद बिक्री नगर्न निर्देशनालयले आग्रह गरेको छ ।

हराएका रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।

महिनाको रु. १०० मा नै डिसहोम हेर्न पाइने

0

अबदेखी डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु. १०० मा डिसहोमको टीभी हेर्न पाउने भएका छन ।

डिसहोम फाइबरनेटको नयाँ जडानमा डिसहोम टीभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ।

यस्तै यो अफरको लाभ पहिलेदेखि डिसहोम टीभीमात्र प्रयोग गरिरहेका ग्राहकले फाइबर नेटको कनेक्सन लिएर लिन सक्नेछन्।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा वढी एचडी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टीभी सुलभ मूल्यमा ग्राहकले हेर्न सक्नेछन्। यो अफरका बारेमा थप जानकारी चाहिएमा ०१–५९७०३६५ मा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ।

नेपाल हाइड्रो डेभलपरको नाफा ९०.१० प्रतिशतले बढ्यो, रिजर्भमा १०० प्रतिसतको उछाल

नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९०.१० प्रतिशतले बढी हो।

समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि ४१.४३ प्रतिशतले बढेर ८ करोड २६ लाख रुपैयाँ भएको छ। कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६.७१ प्रतिशतले बढेर १० करोड ५ लाख रुपैयाँ भएको छ।

चुक्तापुँजी ३३ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड २७ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.४१ रुपैयाँ कायम भएको छ। पीई रेसियो ३३.०६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.७२ रुपैयाँ रहेको छ।

घाटामा गयो लक्ष्मी लघुवित्त, खराब कर्जा ८ प्रतिसत माथि

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरणअनुसार समीक्षा अवधिसम्म लगुबित्त घाटामा रहेको देखिएको छ। असार मसान्तसम्ममा लघुवित्तको खुद घाटा ८ करोड ३४ लाख रुपैयाँ रहेक

लक्ष्मी लघुवित्तको खुद ब्याज आम्दानी घटेको देखिन्छ भने निष्क्रिय कर्जा बढेको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशत घटेको छ । त्यस्तै ८ करोड ३० लाख ६४ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ

लघुबित्तको खराब कर्जा धेरै नै बढेको छ । खराब कर्जा ३।२७ प्रतिशतबाट ५.०९% ले बढेर ८.३६% पुगेको देखिन्छ ।

लघुबित्तको प्रतिसेयर आम्दानी१८ रुपैयाँ ८१ पैसा ऋणात्मक (-१८.९१) रहेको छ भने प्रति सेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा रहेको देखिन्छ ।

कम्पनिको जगेडा कोषमा ३४ करोड ८९ लाख रुपैयाँ रहेको छ।