नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९०.१० प्रतिशतले बढी हो।
समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि ४१.४३ प्रतिशतले बढेर ८ करोड २६ लाख रुपैयाँ भएको छ। कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६.७१ प्रतिशतले बढेर १० करोड ५ लाख रुपैयाँ भएको छ।
चुक्तापुँजी ३३ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड २७ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.४१ रुपैयाँ कायम भएको छ। पीई रेसियो ३३.०६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.७२ रुपैयाँ रहेको छ।