19.9 C
Nepal
Sunday, September 28, 2025

सन नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै, २० हजार कित्तासम्म आवेदन दिन सकिने

spot_imgspot_imgspot_img

प्रिमियम मूल्यमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ दरका दरले ९६ करोड रुपैयाँको ९६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो । जसमा ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने छ ।

४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ४ लाख ८० हजार कित्ता सेयर सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ७६ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

साउन ३२ गतेदेखि निष्कासन हुने सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्ता आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सी(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here