22.1 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 218

आक्रामक रुपमा कर्जा बिस्तार गर्दै एनआइसी बैंक – ल्यायो यस्ता योजनाहरु

0

आर्थीक मन्दिको कारण बजारमा ॠण प्रबाह कम भईरहेको अवस्थामा ॠण लिन उत्साहित पार्ने गरी एनआइसी एशिया बैंक लिमीटेडले सेयर कर्जा लगायतका अन्य कर्जाहरुमा आक्रामक रुपमा बिस्तार गर्ने योजना अनुरुप बिभिन्न रणनीति सार्वजनिक गरेको छ ।

एनआइसी एशिया बैंकले सेयर धितो कर्जा, घर कर्जा र साना व्यवसाय कर्जामा आक्रामक रुपमा लगानी बढाउने भन्दै बिभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।

अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले न्यूनतम ब्याजदरमा लिन सक्ने बैंकको भनाइ रहेको छ । यो कर्जा लिएर निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न सकिने बैंकले भनाइ छ ।

साथै,अन्य वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा यस बैंकको अठोट घर कर्जामा ल्याउन सकिने छ ।

बैंकले ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको छ । ब्याजदर आकर्षक हुने बैंकको भनाइ छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुका लागि भनेर ल्याएको यस कर्जा लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी, बैंकले ल्याएको न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको बैंकको भनाइ छ ।

सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई बैंक

0

सबैभन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको छ।

गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म दाखिला गरेको करका आधारमा ग्लोबल आइएमई बैंक सुचिको पहिलो नम्बरमा पर्न सफल भएको छ ।

स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपैयाँ कर दाखिला गरेको छ। यो कर सम्पूर्ण करको योग हो ।

गत आवमा ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले सबैभन्दा बढी कर तिर्ने बैंक बनेको हो ।

बैंकले अघिल्लो आव २०७८–७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो।

म्युचुवल फण्डलाई दिएको आइपिओको कोटा खारेज हुने !

0

कुनै पनि कम्पनीले नेपालमा लागि साधारण सेयर आईपीओ सर्वसाधारणहरूका लागि निष्कासन गर्दा ५ प्रतिशत सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरूलाई पाउने कानुनी ब्यबस्था हाल रहेको छ । कुनै पनि कम्पनीले आईपीओ निष्कासन गर्दा उक्त कम्पनीको जम्मा आईपीओको ५ प्रतिशत म्युचुअल फण्डहरूले आरक्षण पाउने हालको ब्यबस्थामा छ ।

म्युचुअल फण्डहरुलाई बजार निर्माता पनि भनिन्छ । यसले बजारमा प्यानिक आएको अवस्थामा तथा सेयर बजारमा लगानी गर्न सर्बसाधारण डराएको अवस्थामा पनि बस्तुस्थितिको गहिरो बिस्लेषण गरी बजारलाई आबस्यक सकारात्मक दिशातर्फ डोर्याउन महत्वपूर्ण भुमिका हुन्छ ।

तर नेपालको सेयर बजारमा ज्वाँई सुबिधा पाएको म्युचुवल फन्डले बजारलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको फण्डहरुले उल्टो काम गर्दै आएको आरोप लाग्ने गरेको छ । आरक्षणमा पाएको आइपिओको दुरुपयोग गरेको पनि आरोप लाग्दै आएको छ ।

जसले बजारलाई सम्हाल्नु पर्ने हो , त्यसले नै कोटामा पाएको आइपिओ सबैभन्दा छिटो बेचेर बजार बिगार्न भुमिका खेलेको भन्दै यसको लगानिकर्ताले बिरोध गर्दै आईरहेका छन । लगानीकर्ताहरूले लामो समयदेखि म्युचुअल फण्डलाई आईपीओमा कोटा खारेज गर्नुपर्ने माग राख्दै आएका छन ।

कोटामा पाएको आइपिओको दुरुपयोग गर्दै बजार घटाउन भूमिका भन्दै अहिले सेबोनले यसबारे पुनर्बिचार गर्ने भएको छ ।

सोही अनुरूप अब भने नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि म्युचुअल फण्डलाई आईपीओमा कोटा हटाउने तयारीमा लागेको छ ।

म्युचुवल फण्डलाई दिएको आइपिओको कोटा खारेज गर्नेबारे सेबोनमा छलफल सुरु भएको छ ।

विद्युत प्राधिकरणले आईपीओ चाडै आउँदैछः कुलमान घिसिङ

0

नेपाल विद्युत प्राधिकरणको आईपीओ चाडै आउने जानकारी दिएका छन । त्यसका लागि आबस्यक प्रक्रिया अगाडि बढाएको ब्यहोरा पनि उनले जनाएका छन ।

आज पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ आउन लागेको जनाएका हुन । ‘विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी भइरहेको छ ,डीडीए तयार भइसकेको छ। इक्राबाट पनि डबल ए प्लस रेटिङ प्राप्त भइसकेको छ।’ उनले भने ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७९–८०मा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ। ‘अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको छ’, घिसिङले भने।

‘गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको हो’, घिसिङले भने।

प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी २ वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङले जानकारी दिए। ‘प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ’, उनले भने।

५ अङ्कले बढ्यो सेयर बजार , अभियान लघुबित्तका लगानिकर्ताले सर्बाधिक कमाए

0

आज सेयर बजार ५.१३ अङ्कले बढेको छ । ०.२४ प्रतिसतले बढदै सेयर बजार २०६६को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनिहरुमध्ये १०५ कम्पनिको मुल्य बढेको छ भने १०८ कम्पनिको मुल्य घटेको छ ।

त्यस्तै आज सेयर बजारमा २ अर्ब १५ करोड माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनिहरुमा अभियान लघुबित्त , सिङ्गटी हाइड्रो ईनर्जी ,स्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन ,नबिल ईक्वीटि फण्ड , सोल्टी होटल लगायतका कम्पनिहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउनेहरुमा हिमालयन लघुबित्त , सुपरमादी हाइड्रोपावर , ग्रीन डिभलप्मेन्ट बैंक , एसियान हाइड्रोपावर , समता घरेलु लघुबित्त लगायतका कम्पनिहरु रहेका छन ।

त्यसै गरी सर्बाधिक कारोबार हुने कम्पनीहरुमा सोल्टी होटल ,अप्पर तामाकोशी ,शिभम सिमेन्ट , आइएमई लाइफ इन्सुरेन्स , साल्ट ट्रेडिङ कर्पोरेसन लगायतका कम्पनिहरु रहेका छन ।

आइतबारबाट कारोबार सुरु हुनेछन घोराही सिमेन्टसहित ३ कम्पनीका सेयर , ओपनिङ रेन्ज कति ?

0

आइताबरबाट घोराही सिमेन्ट इन्डस्ट्रीसहित ३ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुने भएका छन्।

घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको सेयर आइतबारबाट कारोबार सुरु हुनेछन । यी तीनै कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भईसकेका छन ।

नेप्सेमा घोराही सिमेन्टको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता (२० प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता (८० प्रतिशत) रहेको छ।

नेप्सेले घोराही सिमेन्टलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा २२६.६१ रुपैयाँदेखि अधिकतममा ६७९.८३ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ।

यसैगरी नेप्सेमा थ्रीस्टार हाइड्रोपावरको कुल ३९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १२ लाख ३१ हजार २५० कित्ता (२५ प्रतिशत) र संस्थापक सेयरधनीको ३६ लाख ९३ हजार ७५० कित्ता (७५ प्रतिशत) रहेको छ।

नेप्सेले थ्रीस्टारलाई ‘टीएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा ८५.६५ रुपैयाँदेखि अधिकतममा २५६.९५ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ।

त्यस्तै नेप्सेमा अप्पर साङ्गे हाइड्रोपावरको कुल २२ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ८ लाख ७० हजार ८०१ कित्ता (३९.५५ प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १३ लाख ३० हजार कित्ता (६०.४५ प्रतिशत) रहेको छ।

नेप्सेले अप्पर साङ्गेलाई ‘यूएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा ८४.५४ रुपैयाँदेखि अधिकतममा २५३.६२ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ।

आउँदो आइतबार स्पेसल प्रि–सेसनमा यदि यी तीनै कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।

प्रतिसेयर आम्दानिका आधारमा कुन बैंक बलियो ! एनआइसी एसियाको ४० रुपैया हुँदा अरुको कती ?

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुका लागि कम्पनिको आधारपक्षको बिस्लेषण गर्नु अनिबार्य प्राय हुने गर्दछ । यदी आधारभुत पक्षको बिश्लेषण नगरि सेयर बजारमा प्रबेश गर्दछ भने त्यस्तो लगानिकर्ता डुब्ने सम्भाबना धेरै हुन्छ ।

आधारभुत पक्षमा धेरै कुराहरु पर्दछन तर त्यसमध्ये प्रतिसेयर आम्दानी (ईपीयस) प्रमुख पक्ष मानिन्छ । कम्पनीको खुद नाफा र जारी साधारण सेयरको अनुपात प्रतिसेयर आम्दानी हो ,साधारण भाषामा प्रतिसेयर आम्दानी भनेको उक्त कम्पनिको एक सेयरको कमाइ हो । जुन लगानीकर्तामा आबस्यक सर्तपुरा गरेर लाभांशका रुपमा बाडिन्छ ।

हामी यहाँ बैंकहरुको प्रतिसेयर आम्दानिका बारेमा चर्चा गर्दैछौ ।

सबै बैंकहरुले बित्तिय विवरण सार्वजनिक गरिसकेका छन । तिविवरणहरु केलाउदा सबैभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ ।

दोश्रो धेरै प्रतिसेयर आम्दानी हुनेमा स्टयान्डर्ड चार्टर्ड बैंकको ३७ रुपैयाँ ३९ पैसा रहेको छ । तेश्रोमा राष्ट्रिय वाणिज्य बैंक परेको छ जसको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९६ पैसा रहेको छ ।

चौथोमा एभरेष्ट बैंक रहेको छ , जसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा रहेको देखिन्छ । पाचौमा नबिल बैंक रहेको छ , जसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहेको देखिन्छ ।

यसरी नै छैठौ ,सातौ , आठौ , नवौ र दशौ स्थानमा क्रमस नेपाल बैंकको २३ रुपैयाँ २२ पैसा, सिद्धार्थ बैंकको २२ रुपैयाँ ६४ पैसा, नेपाल एसबिआई बैंकको २२ रुपैयाँ १५ पैसा, सानिमा बैंक प्रतीसेयर आम्दानी २१ रुपैयाँ ०२ पैसा , ग्लोबल आइएमई बैंकको २० रुपैयाँ ७७ पैसा रहेका छन् ।

कृषि विकास बैंक प्रतिसेयर आम्दानी २० रुपैयाँ ६२ पैसा सहीत एघारौ स्थानमा देखिन्छ ।

त्यसरी नै क्रमैसँग अन्य बैंकको क्रमागत प्रतिसेयर आम्दानी तल चर्चा गरिएको छ ।
हिमालयन बैंकको १९ रुपैयाँ १९ पैसा, लक्ष्मी सनराइज बैंकको १९ रुपैयाँ ४४ पैसा ,एनएमबि बैंकको १८ रुपैयाँ ५७ पैसा , माछापुच्छ्रे बैंकको १८ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसै गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६ रुपैयाँ ०७ पैसा, सिटिजन बैंकको १५ रुपैयाँ ५९ पैसा, प्रभु बैंकको १२ रुपैयाँ, प्राइम बैंकको ११ रुपैयाँ ६६ पैसा रहेको देखिन्छ ।

१० रुपैयाँ भन्दा कम प्रतिसेयर आम्दानी हुने कम्पनीमा कुमारी बैंक मात्रै छ । कुमारी बैंकको ७ रुपैयाँ ४६ पैसा रहेको छ ।

छुटाउनु भयो कि ?

यो बर्ष कुन बैंकले कती लाभांश दिन सक्छन? कुनको लाभांश क्षमता कति? पुरा जानकारी हेर्नुस्

कालिका लघुवित्तको ईपीएसमा पहिरो, ब्याज आम्दानी घट्यो

कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ४ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.०१ प्रतिशतले कम हो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६४.०४ प्रतिशतले घटेर ६ करोड ६० लाख रुपैयाँ खुम्चिएको छ। संस्थाको खुद ब्याज आम्दानी २५ करोड ५० लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा १३.४८ प्रतिशतले कम हो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.१३ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा ४९ लाख २ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ९१ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ७० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। संस्थाको रिजर्भको आकार २२.४७ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष ९ करोड २४ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ११ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ३७ करोड २३ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १२.४२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४१.०७ रुपैयाँ थियो। ईपीएस ६९.७६ प्रतिशतले घटेको छ।

पीई रेसियो ५९.२६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४९.०७ रुपैयाँ रहेको छ।

हाथवे इन्भेस्टमेन्टको वैदेशिक रोजगारीमा रहेकालाई जारी आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

0

आज २५ गते वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल काठमाण्डौ नक्सालस्थित कार्यालयमा हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड गरिएको हो।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी रु. १ अर्ब १७ करोडमध्ये १२.५० प्रतिशत अर्थात रु. १४ करोड ६२ लाख ५० हजार रकमबराबरको प्रतिकित्ता अंकित मूल्य रु. ५० दरका २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ। त्यसमध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गत साउन ४ गतेदेखि साउन १८ गतेसम्म बिक्री खुला गरेको थियो।

यो आईपीओमा मागभन्दा झन्डै ४.८४ गुणा बढी आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ। आईपीओमा २७ हजार २३६ जना आवेदनबाट १४ लाख १७ हजार ४४० कित्ता सेयरको लागि दरखास्त प्राप्त भएको थियो ।

क्यापिटलका अनुसार २० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिने २७ हजार २३१ जना आवेदकमध्ये १४ हजार ६२५ जनालाई गोलाप्रथा विधिमार्फत २० कित्ताका दरले बाँडफाँड गरिएको छ।

आईपीओ बाँडफाँटको नतिजा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट www.globalimecapital.com.np तथा निष्कासनकर्ता कम्पनीको वेबसाइट www.hathwaynepal.com.np र सीडीएस एन्ड क्लियरिङको वेबसाइट www.iporesult.cdsc.com.np मा उपलब्ध गराइएको छ।

आजसम्म कायम सेयरधनीले अपर तामाकोशीको १००% हकप्रद हकप्रद भर्न पाउने

0

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडकाे १०० प्रतिसत हकप्रद सुरक्षित गर्ने आज साउन २५ गते अन्तिम दिन रहेकाे छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि भाेलि साउन २६ गते, बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।

अपरले शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्ने स्वीकृति यसअघि नेपाल धितोपत्र बोर्डले दिएको थियो। जस अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ ।

अपरको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ जुन हकप्रद पछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।