22.1 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 217

एसियन लाइफको बीमाशुल्क आर्जन पौने ७ अर्ब माथि, अन्य सुचाङ्क कस्ता ?

0

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ६ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.०९ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर २ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च घटेर ६३ करोड १४ लाख रुपैयाँमा झरेको छ। त्यस्तै जीवन बीमा कोषको आकार १६.७९ प्रतिशतले बढेर ३६ अर्ब ९० करोड रुपैयाँको उचाइमा पुगेको छ। महाविपत्ति जगेडाको आकार पनि बढेर १७ करोड ६४ लाख रुपैयाँको भएको छ।

यस अबधिमा कम्पनीको रिजर्भको आकार ५७.८३ प्रतिशतले घटेर २९ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ। यस्तै कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यस अबधिमा बीमालेखको संख्या ६ लाख ३० हजार ५३८ पुगेको छ। अघिल्लो वर्ष यो संख्या ४ लाख ३७ हजार ४२ रहेको थियो।

त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.६१ रुपैयाँ कायम भएको छ। पीई रेसियो ९७.९६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.८२ रुपैयाँ रहेको छ।

भदौ ५ बाट सर्वसाधारणका लागि भगवती हाइड्रोपावरको आइपिओ आउँदै

0

सर्वसाधारणका लागि भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ आउँदो भदौ ५ गतेदेखि बिक्री खुला गर्ने निर्णय गरेको = छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो।

सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार ९७ कित्ता सेयर खुलाउन लागिएको हो । त्यसमध्ये १० प्रतिशत ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

यसैगरी ५ प्रतिशतले हुन आउने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी ७ लाख १२ हजार २२० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरिएको छ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बाढीले कागबेनीका प्रहरी चौकी, पुल र १५ घर बगायो

0

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।

आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले यसरी भौतिक सम्रचनामा क्षती पुर्याए पनि मानबिय क्षती भने भएको छैन ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले १५-१६ घर बगेको साथै कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु बाढिले बगाएको जनाएका छन् ।

बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

सप्तकोशीमा ३४ वर्षपछिको उच्च बाढी, ब्यारेजका ५६ वटै ढोका खोलियो

0

काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ ।

अहिले ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड रहेको बताईएको छ । तथ्याङ्क अनुसार १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । त्यस्तै आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ ।

यद्यपि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

निर्जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन ४० अर्ब भन्दा धेरै, बागमती प्रदेशबाट २७ अर्ब माथि

0

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा करिब सवा ४० अर्ब रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघुबीमा कम्पनीले असार मसान्तसम्म ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्।

बागमती प्रदेशबाट सबैभन्दा धेरै १२ लाख ६४ हजार ९८४ बीमालेखबाट २७ अर्ब ६ करोड ३८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरिएको तथ्याङकले देखाउछ ।

दुई निर्जीवन लघुबीमाको बीमाशुल्क आर्जन रु. १२ हजारमात्र

0

दुई निर्जीवन लघुबीमा कम्पनीले हालसम्म १२ हजार रुपैयाँमात्रै बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले जम्मा १२ हजार रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेका हुन्।

प्रोटेक्टिभ इन्स्योरेन्सले ७९ लाख ७१ हजार रुपैयाँ बीमांक रकमको पोलिसी बिक्रीमार्फत असार मसान्तसम्म १० हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।

त्यस्तै असार २८ गतेदेखि औपचारिक व्यवसाय थालेको नेपाल माइक्रो इन्स्योरेन्सले जम्मा १ हजार रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेको छ।

नेपाल माइक्रो इन्स्योरेन्समा १० लाख रुपैयाँ बीमांक रकम बराबरको बीमा भएतापनी असार मसान्तसम्म जम्मा १ हजार रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ ।

घोराही सिमेन्टको सेयरमा पहिलो दिन नै लाग्यो नेगटिभ सर्किट

0

निकै नै बिबादित बनेको घोराही सिमेन्टको सेयरमा पहिलो दिन नै लाग्यो नेगटिभ सर्किट लागेको छ ।

अङ्कित मुल्यमा ३३५ प्रिमियम थपेर ४३५ रुपैयामा आइपिओ जारी गरेको सिमेन्टको आज ५६५ मा दोश्रो बजारमा कारोबार सुरु भएको थियो । कारोबार समयमा ५८१ सम्म पुगेको यसको सेयर नेगटिभ सर्किट हाराहारिमा ५०९ मा बन्द भएको छ ।

घोराही सिमेन्ट आइपिओ जारी हुँदाका बखत नै बिबादित बनेको कम्पनी हो । आइपिओ भर्दा पैसा नभएको खाताबाट फर्जी आबेदन दिएको भन्दै केही समय रोकिएर फेरी सुचारु गरिएको आइपिओ पछी भर्ने जती सबैलाई परेको थियो ।

घोराही सिमेन्टको आइपिओ प्रकरणमा धितोपत्र बोर्डको प्रमुखको पनि आर्थिक लेनदेनको आधारमा मिलेमतो भएको भन्ने खबरहरु बाहिरिएका थिए ।

त्यस्तै रेटिङ प्रदान गर्ने सस्थाले पनि स्वार्थ बाझिएको कम्पनिको रेटिङ गरेको भनेर बिरोध भएको थियो , पछी रेटिङ गर्ने सस्थाले रेटिङ फिर्ता लिएको छ ।

१ करोडको लगानीमा ८६ हजार मात्र नाफा आर्जन गर्ने कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न दिएको भन्दै धितोपत्र बोर्डको पनि आलोचन भएको थियो ।

‘नबिल ढुक्क घर कर्जा’ ल्यायो नबिल बैंकले , ब्याजदर स्थिर

0

नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने बैंकको भनाइ छ ।

घर कर्जा अन्तर्गत दुईओटा स्थिर ब्याजदरका योजना रहेका छन । पहिलो प्रकारको योजना ७ वर्षका लागि प्रतिवर्ष १०.९९ प्रतिशत र दोश्रो प्रकारको योजना १० वर्षका लागि प्रतिवर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ।

बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलोपटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन्।

यो योजनाले २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ। यस घर कर्जा सुविधा लिनका लागि सेवाग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन्।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २६५ शाखा र २९८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेलेको छ।

नागरिक लगानी कोषको नाफा ३६.७४%ले बढ्यो

0

नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कोषले चौथो त्रैमासम्म ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.७४ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म कोषको ब्याज आम्दानी १२.५१ प्रतिशतले बढेर ४० करोड ४९ लाख रुपैयाँ भएको छ। कोषको सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३७ करोड रुपैयाँको उचाइमा पुगेको छ।

कोषको व्यवस्थापन खर्च बढेर ५१ करोड २३ लाख रुपैयाँ भएको छ। सेयरपुँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको कोषको सेयर जगेडा कोषमा २२ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।

कोषको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.०८ रुपैयाँ कायम भएको छ। लगानीमा प्रतिफल (आरओई) ८.८७ प्रतिशतबाट बढेर ९.४० प्रतिशत पुगेको छ। कोषको प्रतिसेयर नेटवर्थ १५४.८१ रुपैयाँ रहेको छ।

फाइनान्स कम्पनिको बिजोक- १० फाइनान्स कम्पनीले लाभाम्स बाड्न नसक्ने

नेपाल राष्ट्र बैंकबाट ग बर्गको लाइसेन्स प्राप्त फाइनान्स कम्पनीहरु मध्ये यस बर्ष धेरै कम्पनिहरुले लाभाम्स बाड्न नसक्ने भएका हुन । फाइनान्स कम्पनीहरिले प्रकासित गरेको बित्तिय विवरणहरुलाई केलाउदा यस्तो नतिजा देखिएको हो ।


नेप्सेमा सुचिक्रित फाइनान्स कम्पनिहरुमध्ये १० फाइनान्स कम्पनीले लाभाम्स बाड्न नसक्ने अवस्थामा रहेको देखिन्छ ।आज यिनै दश फाइनान्स कम्पनिहरुको चर्चा गर्दैछौ ।

सेन्ट्रल फाइनान्स ,जानकी फाइनान्स , मल्टिपर्पोज फाइनान्स ,पोखरा फाइनान्स कम्पनी लिमिटेड लगायतका कम्पनीहरुले लाभाम्स बाड्न सक्ने देखिन्न । यिनिहरुको लाभाम्स क्षमता जिरो देखी १.५ को बिचमा रहेको देखियो । त्यसैले यिनिहरुले लाभाम्स बाड्न सक्ने देखिन्न ।

त्यस्तै, नेपाल फाइनान्स , रिलायन्स फाइनान्स , बेस्ट फाइनान्स लगायतका फाइनान्स कम्पनिले पनि यो बर्ष लाभाम्स बाड्न सक्ने देखिन्छ । यि फाइनान्सको लाभाम्स क्षमता नकरात्मक रहेको देखिन्छ । यिनिहरुको लाभाम्स क्षमता माइनस १४ देखी माइनस २८ रहेको देखिन्छ ।

त्यस्तै, प्रोगेसिभ फाइनान्स , गोर्खा फाइनास , सम्रिद्धी फाइनान्स कम्पनी लिमिटेडको लाभाम्स क्षमता पनि नकरात्मक देखिन्छ । त्यसैले यिनिहरुले लाभाम्स बाड्न नसक्ने भएका हुन । यिनिहरुको लाभाम्स क्षमता माइनस ४३ देखी माइनस ५३ सम्म रहेको देखिन्छ ।

सबैभन्दा बढी लाभाम्स दिन सक्ने क्षमता मन्जुश्री फाइनान्स रहेको देखिन्छ । यसको लाभाम्स क्षमता ८.२२ रहेको देखिन्छ ।

त्यस्तै दोश्रोमा आइसीएफसी फाइनान्सको लाभाम्स क्षमता बढी रहेको देखिन्छ । जसको लाभाम्स क्षमता ७.८१ रहेको देखिन्छ ।


त्यस्तै गुहेश्वेरी फाइनान्सको ६.६ प्रतिसत लाभाम्स क्षमता छ भने श्री इन्भेस्ट्मेन्ट फाइनान्सको क्षमता ५.२७ रहेको देखिन्छ ।गूडविल फाइनान्सको लाभाम्स क्षमता पनि १.९९ रहेको देखिन्छ , त्यसैले यसले पनि खासै लाभाम्स दिने देखिदैन ।

यसरी हेर्दा यो बर्ष फाइनान्सहरुले लगानिकर्तालाई खुशी पार्न धेरै लाभाम्स दिन सक्ने देखिन्दैन । यि कम्पनीहरुको सबैभन्दा धेरै लाभाम्स ८ प्रतिसतदेखी थोरैमा माइनस ५३ सम्म रहेको देखिन्छ ।

(रिसर्भ रु हजारमा)