21 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 216

सिटिजन्स बैंकका ६ जना कर्मचारी नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ

0

नक्कली सर्टिफिकेटको आरोपमा अहिले सिआइबीले बिभिन्न ब्याक्तीमाथी छानबिन गरिरहेको छ । त्यसै क्रममा आज फेरी सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन ।

बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा मनिषा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमन्दा गौतम र दीपक विष्ट रहेका छन् ।

अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड,१० लाख ८८ हजार २६९ आवेदकको हात खाली

0

अप्पर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ आज साउन २९ गते बाँडफाँड सम्पन्न गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलको कार्यालयमा अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ साँझ ५ बजे बाँडफाँड गरिएको हो।

लगानीकर्ता एमव् आईपिओ बाजे भनेर चिनिने लक्ष्मण श्रेष्ठ बल तानेका थिए । माग भन्दा धेरै आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथाबाट भएको थियो । जहाँ १० लाख ८८ हजार २६९ आवेदकको हात खाली भएको छ। 

यो कम्पनीले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

यो आईपीओमा कुल १३ लाख ६१ हजार १५४ आवेदकबाट १ करोड ५३ लाख ४७ हजार ४७० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख ८३ हजार ५९६ आवेदकबाट परेको १ करोड ४१ लाख १७ हजार ८५० कित्ता सदर भएको थियो बाँकी ७७ हजार ५५८ आवेदकबाट परेको १२ लाख २९ हजार ६२० कित्ता सेयर माग विभिन्न कारणले रद्द तथा बदर भएका छन्।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

३ अङ्कले घट्यो सेयर – थ्री स्टार र अपर स्याङ्गे हाइड्रोका लागानिकर्ताले सर्बधिक कमाए

0

सेयर बजार आज ३.६१ अङ्कले घटेको छ । ०.१७ प्रतिसतले घटेको बजार आज २०७७.२४ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनिहरुमध्ये आज ६८ कम्पनिको मुल्य बढेको छ भने १४५ कम्पनिको मुल्य घटेको छ ।

आज सेयर बजारमा २ अर्ब ९ करोड भन्दा बढीको कारोबार भएको छ ।

सेयर बजारमा सर्बाधिक कमाउने कम्पनीहरुमा थ्री स्टार हाइड्रोपावर ,अप्पर स्यङ्गे हाइड्रोपावर , सिवाइसी हाइड्रोपावर , इन्फिनिटी लघुबित , इमर्जिङ नेपाल लिमिटेड लगायतका कम्पनिहरु रहेका छन ।

त्यस्तै सर्बाधिक गुमाउने कम्पनिहरुमा सिद्धार्थ प्रिमियर इन्सुरेन्स ,बुद्धभुमी नेपाल हाइड्रोपावर , हुर्जा , शुभम पावर ,सानीमा ग्रोथ फण्ड लगायतका कम्पनिहरु रहेका छन ।

यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा आइएमई लाइफ इन्सुरेन्स , सोल्टी होटल , घोराही सिमेन्ट , माछापुछ्रे बैंक ,सानीमा बैंक लगायतका कम्पनिहरु रहेका छन ।

नाम मुछिए महरा मात्र होइन- मलाई पनि हत्कडी लगाए हुन्छ : प्रचण्ड

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम मुछिए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि कारबाही गर्ने बताएका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नाम मुछिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भनेर सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा बताएका छन ।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।’

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

प्रचन्डले आफ्नो सरकारले कसैलाई नछाड्ने बताएका छन । उनले भनेका छन – ‘भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा विल्कुल सही होइन’ उनले भने, ‘सरकार विल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ ।’

प्रभु बैंकको सेयरधनीलाई छुटेको लाभांश बुझिलिन आउन आग्रह

0

प्रभु बैंकले सेयरधनीहरुलाई एक सुचना जारी गरेको छ । बैंकले छुटेको लाभांश लिन बाँकी सेयरधनीलाई आग्रह गरेको छ।

बैंकले आज एक सूचना प्रकाशित गरी साबिक सेञ्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको विभिन्न साधारणसभाबाट पारित नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई भुक्तानी लिन आउन आग्रह गरेको हो। हाल यी बैंक तथा वित्तीय संस्था प्रभु बैंकका गाभिएका छन्।

आवश्यक कागजपत्रसहित काठमाण्डौको कमलादीस्थित सेयर रजिस्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न प्रभु बैंकले आग्रह गरेको छ।

नगद लाभांश लिन बाँकी सेयरधनीहरुको नाम सहीत विस्तृत विवरण बैंकको वेबसाइटमा पनि हेर्न सकिने सूचनामा उल्लेख छ।

छिमेक लघुवित्तको नाफा १ अर्ब नाघ्याे, ईपीएस घट्यो

0

छिमेक लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ।

समीक्षा अवधिसम्म संस्थाको खुद नाफा १२.११ प्रतिशतले बढेर १ अर्ब ६ करोड रुपैयाँ भएको छ।

त्यस्तै संस्थाले अघिल्लो बर्षको तुलनामा ५.७१ प्रतिसतले बढी अर्थात १ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।

चौथो त्रैमासम्म संस्थाको खुद ब्याज आम्दानी पनि १४.३२ प्रतिशतले बढेर २ अर्ब ८५ करोड रुपैयाँ भएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.७२ प्रतिशत पुगेको देखिन्छ । एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ३४ करोड रुपैयाँ पुगेको छ।

कम्पनिको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। संस्थाको लाभांश क्षमता ५२ प्रतिशत बढी देखिन्छ।

संस्थाको रिजर्भमा २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

चौथो त्रैमाससम्म संस्थाले ३० अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३७.४५ रुपैयाँ कायम भएको छ। संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२ गुणा र प्रतिसेयर नेटवर्थ २३८.२७ रुपैयाँ रहेको छ।

एलआईसी नेपालको नाफा करिब साढे १२ करोड, अन्य सुचक कस्तो ?

0

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.११ प्रतिशतले घटी हो।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। कम्पनीले ८ अर्ब ९६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको देखिन्छ । समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च घटेर ८० करोड २० लाख रुपैयाँ कायम भएको छ।

यस अबधिमा कम्पनीको जीवन बीमा कोषको आकार १४.७९ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। कम्पनीको रिजर्भको आकार १०७.१७ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

चौथो त्रैमाससम्म कम्पनीले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.७ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.२५ रुपैयाँ रहेको छ।

साना किसान लघुवित्तको खुद नाफा ८१ करोड ४१ लाख – सञ्चालन मुनाफा १ अर्ब १६ करोड

0

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक छ।

समीक्षा अवधिसम्म संस्थाको खुद नाफा १६.९३ प्रतिशतले बढेर ८१ करोड ४१ लाख रुपैयाँ भएको छ भने संस्थाले १ अर्ब १६ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।

यस अबधिमा खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर १ अर्ब ६६ करोड रुपैयाँ भएको छ। त्यस्तै संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.६१ प्रतिशतमा झरेको छ।

कम्पनिको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। संस्थाको लाभांश ५३ प्रतिशतको हाराहारीमा देखिन्छ।

संस्थाको रिजर्भको आकार अघिल्लो बर्षको तुलनामा १०१.१६ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४०.६९ रुपैयाँ कायम भएको छ। संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२.०९ गुणा र प्रतिसेयर नेटवर्थ २५९.३९ रुपैयाँ रहेको छ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त हालै १ः०.८७ अनुपातमा मर्ज भएका थिए।

एनआईसी एसिया लघुवित्तको नाफा ३० प्रतिसत घट्यो ,४.६४% पुग्यो खराब कर्जा

0

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ।

यस अबधिमा संस्थाको खुद नाफा ३०.३९ प्रतिशतले घटेर ३० करोड रुपैयाँ भएको छ।

संस्थाले अघिल्लो बर्षको तुलनामा सञ्चालन मुनाफा पनि २५.९१ प्रतिशतले घटी ४३ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। चौथो त्रैमासम्म संस्थाको खुद ब्याज आम्दानी पनि २७.४६ प्रतिशतले घटेर १ अर्ब ९ करोड रुपैयाँ भएको छ।

संस्थाको खराब कर्जा अनुपात ४.६४ प्रतिशत पुगेको छ।एनपीएल बढेसँगै संस्थाले इम्पेयरमेन्ट चार्जबापत ११ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ।

चौथो त्रैमाससम्म संस्थाले १३ अर्ब ७० करोड रुपैयाँ सापटी लिई १८ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १७.२५ रुपैयाँ रहेको छ। संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४२.२६ गुणा र प्रतिसेयर नेटवर्थ १४३.४८ रुपैयाँ रहेको छ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त हालै १ः०.८७ अनुपातमा मर्ज भएका थिए।

पानीपुरी चटपटे बिक्रिमा रोक लगाउने काठमाडौं महानगरपालिकाको तयारी

0

काठमाडौं महानगरपालिकाले पानीपुरी चटपटे बिक्रिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । महानगरले बर्खायामभरी खुला रुपमा बिक्री हुने खाध्यपदार्थको बिक्रिमा रोक लगाउने तयारी गरेको छ ।

यस्ता खानेकुराबाट हैजालगायतका रोग चाडो सर्ने सम्भाबना हुने भएकोले यसको रोकथामको उपायस्वरुप पानीपुरी चटपटे बिक्रिमा रोक लगाउन लागेको हो ।
यस्तै मापदन्ड बिपररित दुधजन्य पदार्थ तथा खानेपानीको बिक्रिमा पनि कडाइ गर्न थालएको छ । कुच्चिएको जार ,फुटेको जार , लेउ लागेको जारमा पानी बेछेको पाइएमा जार जफत गरी कारबाही गर्ने महानगरको भनाइ रहेको छ ।