प्रभु बैंकले सेयरधनीहरुलाई एक सुचना जारी गरेको छ । बैंकले छुटेको लाभांश लिन बाँकी सेयरधनीलाई आग्रह गरेको छ।
बैंकले आज एक सूचना प्रकाशित गरी साबिक सेञ्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको विभिन्न साधारणसभाबाट पारित नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई भुक्तानी लिन आउन आग्रह गरेको हो। हाल यी बैंक तथा वित्तीय संस्था प्रभु बैंकका गाभिएका छन्।
आवश्यक कागजपत्रसहित काठमाण्डौको कमलादीस्थित सेयर रजिस्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न प्रभु बैंकले आग्रह गरेको छ।
नगद लाभांश लिन बाँकी सेयरधनीहरुको नाम सहीत विस्तृत विवरण बैंकको वेबसाइटमा पनि हेर्न सकिने सूचनामा उल्लेख छ।