20.7 C
Nepal
Thursday, September 19, 2024

अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड,१० लाख ८८ हजार २६९ आवेदकको हात खाली

अप्पर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ आज साउन २९ गते बाँडफाँड सम्पन्न गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलको कार्यालयमा अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ साँझ ५ बजे बाँडफाँड गरिएको हो।

लगानीकर्ता एमव् आईपिओ बाजे भनेर चिनिने लक्ष्मण श्रेष्ठ बल तानेका थिए । माग भन्दा धेरै आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथाबाट भएको थियो । जहाँ १० लाख ८८ हजार २६९ आवेदकको हात खाली भएको छ। 

यो कम्पनीले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

यो आईपीओमा कुल १३ लाख ६१ हजार १५४ आवेदकबाट १ करोड ५३ लाख ४७ हजार ४७० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख ८३ हजार ५९६ आवेदकबाट परेको १ करोड ४१ लाख १७ हजार ८५० कित्ता सदर भएको थियो बाँकी ७७ हजार ५५८ आवेदकबाट परेको १२ लाख २९ हजार ६२० कित्ता सेयर माग विभिन्न कारणले रद्द तथा बदर भएका छन्।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here