13.3 C
Nepal
Monday, March 24, 2025

छिमेक लघुवित्तको नाफा १ अर्ब नाघ्याे, ईपीएस घट्यो

छिमेक लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ।

समीक्षा अवधिसम्म संस्थाको खुद नाफा १२.११ प्रतिशतले बढेर १ अर्ब ६ करोड रुपैयाँ भएको छ।

त्यस्तै संस्थाले अघिल्लो बर्षको तुलनामा ५.७१ प्रतिसतले बढी अर्थात १ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।

चौथो त्रैमासम्म संस्थाको खुद ब्याज आम्दानी पनि १४.३२ प्रतिशतले बढेर २ अर्ब ८५ करोड रुपैयाँ भएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.७२ प्रतिशत पुगेको देखिन्छ । एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ३४ करोड रुपैयाँ पुगेको छ।

कम्पनिको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। संस्थाको लाभांश क्षमता ५२ प्रतिशत बढी देखिन्छ।

संस्थाको रिजर्भमा २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

चौथो त्रैमाससम्म संस्थाले ३० अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३७.४५ रुपैयाँ कायम भएको छ। संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२ गुणा र प्रतिसेयर नेटवर्थ २३८.२७ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here