निकै नै बिबादित बनेको घोराही सिमेन्टको सेयरमा पहिलो दिन नै लाग्यो नेगटिभ सर्किट लागेको छ ।
अङ्कित मुल्यमा ३३५ प्रिमियम थपेर ४३५ रुपैयामा आइपिओ जारी गरेको सिमेन्टको आज ५६५ मा दोश्रो बजारमा कारोबार सुरु भएको थियो । कारोबार समयमा ५८१ सम्म पुगेको यसको सेयर नेगटिभ सर्किट हाराहारिमा ५०९ मा बन्द भएको छ ।
घोराही सिमेन्ट आइपिओ जारी हुँदाका बखत नै बिबादित बनेको कम्पनी हो । आइपिओ भर्दा पैसा नभएको खाताबाट फर्जी आबेदन दिएको भन्दै केही समय रोकिएर फेरी सुचारु गरिएको आइपिओ पछी भर्ने जती सबैलाई परेको थियो ।
घोराही सिमेन्टको आइपिओ प्रकरणमा धितोपत्र बोर्डको प्रमुखको पनि आर्थिक लेनदेनको आधारमा मिलेमतो भएको भन्ने खबरहरु बाहिरिएका थिए ।
त्यस्तै रेटिङ प्रदान गर्ने सस्थाले पनि स्वार्थ बाझिएको कम्पनिको रेटिङ गरेको भनेर बिरोध भएको थियो , पछी रेटिङ गर्ने सस्थाले रेटिङ फिर्ता लिएको छ ।
१ करोडको लगानीमा ८६ हजार मात्र नाफा आर्जन गर्ने कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न दिएको भन्दै धितोपत्र बोर्डको पनि आलोचन भएको थियो ।