13.2 C
Nepal
Wednesday, February 5, 2025

बाढीले कागबेनीका प्रहरी चौकी, पुल र १५ घर बगायो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।

आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले यसरी भौतिक सम्रचनामा क्षती पुर्याए पनि मानबिय क्षती भने भएको छैन ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले १५-१६ घर बगेको साथै कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु बाढिले बगाएको जनाएका छन् ।

बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here