19.9 C
Nepal
Sunday, September 28, 2025

एसियन लाइफको बीमाशुल्क आर्जन पौने ७ अर्ब माथि, अन्य सुचाङ्क कस्ता ?

spot_imgspot_imgspot_img

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ६ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.०९ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर २ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च घटेर ६३ करोड १४ लाख रुपैयाँमा झरेको छ। त्यस्तै जीवन बीमा कोषको आकार १६.७९ प्रतिशतले बढेर ३६ अर्ब ९० करोड रुपैयाँको उचाइमा पुगेको छ। महाविपत्ति जगेडाको आकार पनि बढेर १७ करोड ६४ लाख रुपैयाँको भएको छ।

यस अबधिमा कम्पनीको रिजर्भको आकार ५७.८३ प्रतिशतले घटेर २९ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ। यस्तै कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यस अबधिमा बीमालेखको संख्या ६ लाख ३० हजार ५३८ पुगेको छ। अघिल्लो वर्ष यो संख्या ४ लाख ३७ हजार ४२ रहेको थियो।

त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.६१ रुपैयाँ कायम भएको छ। पीई रेसियो ९७.९६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.८२ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here