29.7 C
Nepal
Wednesday, September 18, 2024

प्रतिसेयर आम्दानिका आधारमा कुन बैंक बलियो ! एनआइसी एसियाको ४० रुपैया हुँदा अरुको कती ?

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुका लागि कम्पनिको आधारपक्षको बिस्लेषण गर्नु अनिबार्य प्राय हुने गर्दछ । यदी आधारभुत पक्षको बिश्लेषण नगरि सेयर बजारमा प्रबेश गर्दछ भने त्यस्तो लगानिकर्ता डुब्ने सम्भाबना धेरै हुन्छ ।

आधारभुत पक्षमा धेरै कुराहरु पर्दछन तर त्यसमध्ये प्रतिसेयर आम्दानी (ईपीयस) प्रमुख पक्ष मानिन्छ । कम्पनीको खुद नाफा र जारी साधारण सेयरको अनुपात प्रतिसेयर आम्दानी हो ,साधारण भाषामा प्रतिसेयर आम्दानी भनेको उक्त कम्पनिको एक सेयरको कमाइ हो । जुन लगानीकर्तामा आबस्यक सर्तपुरा गरेर लाभांशका रुपमा बाडिन्छ ।

हामी यहाँ बैंकहरुको प्रतिसेयर आम्दानिका बारेमा चर्चा गर्दैछौ ।

सबै बैंकहरुले बित्तिय विवरण सार्वजनिक गरिसकेका छन । तिविवरणहरु केलाउदा सबैभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ ।

दोश्रो धेरै प्रतिसेयर आम्दानी हुनेमा स्टयान्डर्ड चार्टर्ड बैंकको ३७ रुपैयाँ ३९ पैसा रहेको छ । तेश्रोमा राष्ट्रिय वाणिज्य बैंक परेको छ जसको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९६ पैसा रहेको छ ।

चौथोमा एभरेष्ट बैंक रहेको छ , जसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा रहेको देखिन्छ । पाचौमा नबिल बैंक रहेको छ , जसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहेको देखिन्छ ।

यसरी नै छैठौ ,सातौ , आठौ , नवौ र दशौ स्थानमा क्रमस नेपाल बैंकको २३ रुपैयाँ २२ पैसा, सिद्धार्थ बैंकको २२ रुपैयाँ ६४ पैसा, नेपाल एसबिआई बैंकको २२ रुपैयाँ १५ पैसा, सानिमा बैंक प्रतीसेयर आम्दानी २१ रुपैयाँ ०२ पैसा , ग्लोबल आइएमई बैंकको २० रुपैयाँ ७७ पैसा रहेका छन् ।

कृषि विकास बैंक प्रतिसेयर आम्दानी २० रुपैयाँ ६२ पैसा सहीत एघारौ स्थानमा देखिन्छ ।

त्यसरी नै क्रमैसँग अन्य बैंकको क्रमागत प्रतिसेयर आम्दानी तल चर्चा गरिएको छ ।
हिमालयन बैंकको १९ रुपैयाँ १९ पैसा, लक्ष्मी सनराइज बैंकको १९ रुपैयाँ ४४ पैसा ,एनएमबि बैंकको १८ रुपैयाँ ५७ पैसा , माछापुच्छ्रे बैंकको १८ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसै गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६ रुपैयाँ ०७ पैसा, सिटिजन बैंकको १५ रुपैयाँ ५९ पैसा, प्रभु बैंकको १२ रुपैयाँ, प्राइम बैंकको ११ रुपैयाँ ६६ पैसा रहेको देखिन्छ ।

१० रुपैयाँ भन्दा कम प्रतिसेयर आम्दानी हुने कम्पनीमा कुमारी बैंक मात्रै छ । कुमारी बैंकको ७ रुपैयाँ ४६ पैसा रहेको छ ।

छुटाउनु भयो कि ?

यो बर्ष कुन बैंकले कती लाभांश दिन सक्छन? कुनको लाभांश क्षमता कति? पुरा जानकारी हेर्नुस्

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here