28 C
Nepal
Monday, September 29, 2025

सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई बैंक

spot_imgspot_imgspot_img

सबैभन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको छ।

गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म दाखिला गरेको करका आधारमा ग्लोबल आइएमई बैंक सुचिको पहिलो नम्बरमा पर्न सफल भएको छ ।

स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपैयाँ कर दाखिला गरेको छ। यो कर सम्पूर्ण करको योग हो ।

गत आवमा ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले सबैभन्दा बढी कर तिर्ने बैंक बनेको हो ।

बैंकले अघिल्लो आव २०७८–७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here