20 C
Nepal
Monday, September 29, 2025

हाथवे इन्भेस्टमेन्टको वैदेशिक रोजगारीमा रहेकालाई जारी आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

spot_imgspot_imgspot_img

आज २५ गते वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल काठमाण्डौ नक्सालस्थित कार्यालयमा हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड गरिएको हो।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी रु. १ अर्ब १७ करोडमध्ये १२.५० प्रतिशत अर्थात रु. १४ करोड ६२ लाख ५० हजार रकमबराबरको प्रतिकित्ता अंकित मूल्य रु. ५० दरका २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ। त्यसमध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गत साउन ४ गतेदेखि साउन १८ गतेसम्म बिक्री खुला गरेको थियो।

यो आईपीओमा मागभन्दा झन्डै ४.८४ गुणा बढी आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ। आईपीओमा २७ हजार २३६ जना आवेदनबाट १४ लाख १७ हजार ४४० कित्ता सेयरको लागि दरखास्त प्राप्त भएको थियो ।

क्यापिटलका अनुसार २० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिने २७ हजार २३१ जना आवेदकमध्ये १४ हजार ६२५ जनालाई गोलाप्रथा विधिमार्फत २० कित्ताका दरले बाँडफाँड गरिएको छ।

आईपीओ बाँडफाँटको नतिजा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट www.globalimecapital.com.np तथा निष्कासनकर्ता कम्पनीको वेबसाइट www.hathwaynepal.com.np र सीडीएस एन्ड क्लियरिङको वेबसाइट www.iporesult.cdsc.com.np मा उपलब्ध गराइएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here