34.9 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 21

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड सम्पन्न

0

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको ४२ प्रतिशत हकप्रद सेयरको बाँडफाँड भदौ ८ गते सम्पन्न भएको छ।

कम्पनीले गत जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीका लागि असार २५ गतेदेखि साउन २० गतेसम्म प्रति सेयर रु. १०० अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।

जसअन्तर्गत, रितपूर्वक आवेदन दिने २७ हजार ६२२ जना आवेदकलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। तर, ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर भने अवितरित रहन पुगेको छ। अवितरित सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ।

यसैबीच, कायम हकभन्दा बढी सेयरका लागि आवेदन दिएका लगानीकर्तालाई बाँडफाँडमा नपरेको सेयर बापतको रकम भदौ ११ गतेदेखि आईपीएसमार्फत सम्बन्धित बैंक खातामा फिर्ता गरिने मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) ले जनाएको छ।

२५ प्रतिसत सम्म लाभाम्स बाड्न पाउने, लघुवित्त संस्थाका लागि राष्ट्र बैंकको नयाँ लाभांश वितरण व्यवस्था

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई लक्षित गर्दै लाभांश वितरणसम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ।

सर्कुलरअनुसार १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) भएका लघुवित्त वित्तीय संस्थाहरुलाई लाभांश वितरण गर्न प्रतिबन्ध लगाइएको छ। यसअघि लाभांश घोषणा गर्दा १५ प्रतिशतभन्दा माथि प्रस्ताव भएमा सो रकमको ५० प्रतिशत सामान्य जगेडा कोषमा राख्नुपर्ने व्यवस्था थियो।

नयाँ प्रावधानअनुसार लघुवित्त संस्थाले लाभांश वितरण गर्दा पछिल्लो असार मसान्तको एनपीएल र वितरणपछिको पुँजीकोष अनुपातलाई आधार मान्नुपर्नेछ।

पुँजीकोष १२ प्रतिशतभन्दा बढी हुने संस्थाहरु

  • ५% एनपीएलसम्म भएमा २५% लाभांश वितरण गर्न पाउने
  • ५–१०% एनपीएल भएमा २०%
  • १०–१५% एनपीएल भएमा १५%

पुँजीकोष १०–१२% हुने संस्थाहरु

  • ५% भन्दा कम एनपीएल भएमा २०%
  • ५–१०% एनपीएल भएमा १५%
  • १०–१५% एनपीएल भएमा १०%

पुँजीकोष ८–१०% हुने संस्थाहरु

  • ५% एनपीएलसम्म भएमा १५%
  • ५–१०% एनपीएल भएमा १०%
  • १०–१५% एनपीएलभन्दा बढी भएमा ५% मात्र

यसका साथै, चुक्ता पुँजी कायम गर्न नसकेका लघुवित्त संस्थाहरुले बोनस शेयरबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रु. ३ लाखसम्म र महिलाका हकमा रु. ५ लाखसम्म धितो वा बिना धितो ऋण उपलब्ध गराउन सक्ने सीमा कायम गरेको छ।

नयाँ सर्कुलरले लघुवित्त संस्थाहरुको वित्तीय अनुशासन कडाइ गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको छ।

बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले यही भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कुल १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर जारी गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। साथै, लगानीकर्ताले मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन भदौ १९ गतेसम्म बन्द हुन सक्नेछ भने ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ। यस आईपीओलाई केयर रेटिङ नेपालले केयरएनपी सिंगल बी (Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत गत असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको थियो, जसको बाँडफाँड सम्पन्न भइसकेको छ।

नेपाल धितोपत्र बोर्डले गत असार १५ गते बुङ्गल हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीलाई जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति दिइएको छ। सोमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि, र सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरिएको छ।

पिपुल्स पावरले करिब ४ लाख अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्ने

0

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले करिब ४ लाख अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेका ३ लाख ९१ हजार ७७९ कित्ता सेयर बिक्रीमा ल्याउने तयारी गरेको हो।

कम्पनीका अनुसार भदौ १५ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुला हुनेछ। यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघ–संस्थाले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। आवेदन दिन चाहनेले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय तथा प्रभु बैंकका विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरुमा पुगेर आवेदन दिन सक्नेछन्।

उक्त लिलामी सेयर खरिदका लागि आवेदन भदौ २२ गतेसम्म मात्र स्वीकार गरिने कम्पनीले जनाएको छ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आईपीओ ल्याउने, साधारण सभा असोज ३ गते

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनलगायतका विशेष प्रस्ताव पारित गर्ने उद्देश्यले आगामी असोज ३ गते ८औं वार्षिक साधारण सभा बोलाएको हो।

भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको होटल एल्लो पगोडामा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा सर्वसाधारणका लागि कम्पनीको ३० प्रतिशत सेयर निष्कासन गर्ने, वृद्धि भएको जारी पूँजीअन्तर्गत नयाँ संस्थापक सेयरधनीलाई प्रति कित्ता रु. २० प्रिमियमसहित बिक्री गर्ने, सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्डमा गरिएको लगानीलाई अनुमोदन गर्ने प्रस्ताव राखिनेछ।

त्यसैगरी, २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबसहितका वित्तीय विवरण स्वीकृत गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

सानिमा जिआईसी इन्स्योरेन्सले ५ लाख ८० हजार संस्थापक सेयर बिक्रीमा राख्यो

0

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार यस सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यसअघि गत असार ३० गते ३५ दिने सूचना जारी गरी सेयर बिक्रीमा राखिएकोमा कुनै पनि आवेदन नपरेपछि पुनः बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको दर र कित्ता संख्या स्पष्ट उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र काठमाण्डौको टंगालस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

निर्धारित समयसीमा भित्र पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ–संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

बैंकिङ प्रणालीबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

0

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले २१ दिन अवधिका लागि निक्षेप संकलन गर्ने जनाएको हो।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो ३ बजेबाट बोलकबोल गर्ने व्यवस्था मिलाइएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको गुणकमा आवेदन दिन सक्नेछन्। उक्त निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २९ गते हुने भएको छ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ

माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न

0

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान ९:३० बजे बाँडफाँड सम्पन्न भएको हो।

कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। लक्ष्मी सनराइज क्यापिटलका अनुसार कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन परेको थियो।

यसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन सदर र ८ हजार २८९ आवेदन बदर भएका थिए। सदर आवेदकमध्ये २ करोड ४४ लाख १२ हजार १७० कित्ता सेयरका लागि खरिद आवेदन परेको थियो।

बाँडफाँडमा १ लाख २४ हजार ८९० जनाले प्रत्येकी १० कित्ताका दरले १२ लाख ४८ हजार ९ सय कित्ता सेयर प्राप्त गरेका छन्। बाँकी ४ कित्ता सेयर ४ जनाले १÷१ कित्ताका दरले पाएका छन्।

आईपीओको नतिजा मेरो सेयरसीडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ।

माबिलुङ इनर्जीले सर्वसाधारणका लागि जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर निष्कासन गरेको थियो। सो मध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार ४७१ कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरेर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई गत असार २२ गतेदेखि साउन ४ गतेसम्म बिक्री गरिएको थियो।

संघर्षको बाटो हुँदै सफलतासम्म – लालु प्रसाद यादवको जीवनकथा

0

महोत्तरी, रामनगरका लालु प्रसाद यादव हाम्रो लागि केवल साथी मात्र होइनन्, एक प्रेरणाको स्रोत पनि हुन्। उनका जीवनका पाना पढ्दा वा सम्झिँदा हामीलाई सधैं आँखा रसाउँछ, किनकि उनले सानैदेखि भोगेका कठिनाइहरू हामीले नजिकैबाट देखेका छौं।

सानैमा बा‌ले अर्को विवाह गरेपछि, लालु आमा संग मात्र बस्नुपर्‍यो। बाल्यकालमै पैसाको अभावले उनलाई कठोर जीवनयात्रा भोग्न बाध्य बनायो। कहिलेकाहीँ भोकै बस्ने, लुगा किन्न नसक्ने, किताब किन्ने सामर्थ्य नभएर अरूको पुराना किताब पढ्ने जस्ता पीडा हामीले आफ्नै आँखाले देखेका छौं।

जीवन चलाउन उनले आमासँगै विद्यालयमा कार्यालय सहयोगीको रूपमा काम गरे। पैसाको खोजीमा कम उमेरमै भारतसमेत पुगे। तर पढ्ने तीव्र चाहनाले उनलाई १२ वर्षको उमेरमै नेपाल फर्कायो। आमाले काम गर्ने विद्यालयमै “पाले दाइ” बनेर पढाइ सुरु गरेको क्षणदेखि नै उनले जिन्दगीसँगको ठूलो लडाइँ सुरु गरे।

कक्षा फड्काउँदै कक्षा १० मा पुगे र SLC मा Distinction ल्याए। त्यो दिनको खुशी हामी आज पनि बिर्सन सक्दैनौं। त्यसपछि पनि उनले ११ र १२ उत्कृष्ट नतिजासहित पास गरे।

तर जिन्दगी सजिलो कहिल्यै थिएन। हामीले आफ्नै आँखाले देखेका छौं—लालुले कसरी बालुवा बोक्थे, अरूको गोरु–गाई चराउँथे, खेतबारीमा काम गर्थे, अनि बेलुकी थाकेका हातले पनि किताब समाउँथे। भोकै पेटले किताब पढ्दा आँखा झिम्किन्थे, तर उनको जिद्दाले हार मान्न दिंदैनथ्यो।

कक्षा १२ पछि उनले काठमाडौं आएर त्रिचन्द्र क्याम्पसमा भर्ना भए। त्यहाँ पनि उनी सधैं उत्कृष्ट बने—Distinction सहित स्नातक पास गरे। र अहिले, हाम्रो गौरव—उनी त्रिभुवन विश्वविद्यालय, सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्सबाट मास्टर्स पास गरिसकेका छन्। पहिलो सेमेस्टरमा 3.89 GPA, अनि दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा लगातार 4.0 GPA ल्याएर उनले असम्भवजस्तै लाग्ने उपलब्धि हासिल गरे।

यो जीवनी म, बसन्त गिरी, ले लेखेको हुँ। हामी बॅचलरदेखि नै सँगै पढ्दै आएका साथी हौं, संघर्षका धेरै पाना म प्रत्यक्ष देख्ने साक्षी बनेको छु। लालुको जिन्दगीमा दुःख, आँसु र संघर्ष धेरै देखेँ, तर साथसाथै अपार धैर्य, अटुट मेहनत र असाधारण क्षमतासमेत देखेँ।

हामीलाई लालुको जीवनले यही सन्देश दिएको छ— “अभावले बाटो रोके पनि दृढ इच्छाशक्ति र संघर्षले असम्भवलाई सम्भव बनाउन सक्छ।” – लेखक: बसन्त गिरी

सुनको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.३४ प्रतिशत अर्थात ११.४१ डलरले घटेको छ ।  

यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३३४ डलरमा भईरहेको छ ।  

आज चाँदीको भाउ भने बढेको छ । चाँदी ०.३२ डलरले बढ्दै प्रतिऔंस ३८.१ डलरमा कारोबार भईरहेको छ ।