29.5 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 20

बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

0

बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको साधारण जनता लक्षित आईपीओमा आवेदन दिन आज (भदौ १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ११ गतेदेखि ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

आवेदन प्रक्रिया

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालय वा मेरो शेयर मार्फत दिन सकिन्छ।

रेटिङ्ग र जोखिम

यस आईपीओलाई केयर रेटिङ नेपालले CARE-NP Double B Issuer Rating प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

बिक्री प्रबन्धक

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

पहिलो चरणको निष्कासन

यसअघि कम्पनीले गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको थियो, जसको बाँडफाँड सम्पन्न भइसकेको छ।

सेयर संरचना

नेपाल धितोपत्र बोर्डबाट कम्पनीलाई कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति प्राप्त छ।

  • आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि: ५ लाख ६६ हजार ५ सय कित्ता (२%)
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: ५ लाख २९ हजार ४०० कित्ता (१०%)
  • बाँकी ४३ लाख ४१ हजार ८० कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो।

आज आवेदन नदिएको खण्डमा यस अवसर गुम्नेछ।

अरुण काबेली पावरले ५०% हकप्रद निष्कासन गर्ने

0

अरुण काबेली पावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा डाकेको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त साधारण सभाको मिति र स्थान तय गरेको हो ।  

बैठकले आगामी असोज ३ गते शुक्रबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल कृष्टल पशुपतिमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । 

सभामा काबेली इनर्जी कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्ने तथा बैंकको दीर्घकालिन कर्जा आंशक भुक्तानी गर्न हाल कम्पनीको कायम चुक्तापूँजीबराबर १ः०.५० अर्थात ५० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै विभिन्न कम्पनीको संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरुमा लगानी सुरक्षित गर्ने र हकप्रदपश्चात कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।     

सिटिजन्स बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

0

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४ हजार ८११.५७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

जसमध्ये ५४ हजार ८११.५७ कित्ता आम सर्वसाधारण र ५० हजार कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ । सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र संस्थापकका लागि प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ ।  

सर्वसाधारणले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र र संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । आवेदन काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। 


स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड

0

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  

कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । नबिल इनभेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

यसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर र २ हजार ३०० आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड ७४ लाख १८ हजार ५४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता सेयर ५ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।  

संस्थाले आम सर्वसाधारण्मा १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गरेको थियो । 

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले १२ प्रतिशत नगद लाभांश घोषणा

0

ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि योजनाका इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गरिने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

झापा इनर्जीको आईपीओ बाँडफाँड

0

झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले उक्त आईपीओ भदौ ९ गते बाँडफाँड गरेको हो ।
निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएकाहरुलाई उक्त आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी निष्कासन गरिएको सेयर बाँडफाँडमा परेका आवेदकहरुको विवरण हिमालयन क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बाँडफाँडमा परेका आवेदकहरुको विवरण हिमालयन क्यापिटल वा सिडिएस एण्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिनेछ ।

कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ लाख ३७ हजार २१९ कित्ता आईपीओ जारी गरेको थियो ।

जसमध्ये आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र संचालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र आयोजनाको अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ (आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र संचालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्र बाहेकको)बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ५७ हजार २९ कित्ता आईपीओ जारी गरिएको थियो ।

एलन मस्कका कम्पनीद्वारा एप्पल र ओपनएआईविरुद्ध मुद्दा

0

अमेरिकी उद्योगपति एलन मस्कका दुई कम्पनीले एप्पल र ओपनएआईविरुद्ध आधिकारिक रूपमा मुद्दा दायर गरेका छन्। मस्कका कम्पनीहरूले दायर गरेको मुद्दामा एप्पल र ओपनएआईले सम्भावित प्रतिस्पर्धीहरूलाई रोक्न अवैध गठबन्धन गरेको आरोप लगाइएको छ।

मस्कको स्वामित्वमा रहेका कम्पनीहरू एक्स र एक्स एआई ले अमेरिकामा दायर गरेको मुद्दामा एप्पलले आफ्नो अपरेटिङ सिस्टममा ओपनएआईको च्याटबट समावेश गर्ने निर्णय प्रतिस्पर्धा विरोधी कदम भएको दाबी गरिएको छ। एक्सले यस कदमलाई प्रतिष्पर्धा नियमको उल्लंघन भएको आरोप लगाएको छ।

यसअघि पनि मस्कले सार्वजनिक रूपमा एप्पल र ओपनएआईप्रति असन्तुष्टि जनाउँदै गुनासो गरेका थिए। उनले एप्पलले आफ्नो एप स्टोरमा ओपनएआईलाई कृत्रिम रूपमा उच्च स्थान दिने प्रयास गरिरहेको र यसले निष्पक्ष प्रतिस्पर्धा तोडफोड गरेको आरोप लगाएका थिए।

यसबारेमा एप्पलले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

घट्यो सुनको भाउ

0

स्थानिय बजारमा आज सुनको घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य २३ सय रुपैयाँले बढेको थियो ।  

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको छ । 

आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनीमा ८औं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

0

आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समुहका कर्मचारी बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो । कम्पनीद्वारा  “खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको कम्पनीले जनाएको छ । उक्त फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र शीर्ष गोलकर्तालाई पुरस्कार प्रदान गरिएको थियो।

प्रमुख कार्यकारी अधिकृत श्री पवनकुमार खड्काले भन्नुभयो खेलकुद केवल मनोरञ्जन मात्र होइन, यसले टिम भावना, आत्मविश्वास र स्वास्थ्यलाई मजबुत बनाउँछ भन्ने आफ्ना भनाइ राख्दै कार्यक्र समापन भयो .

सर्वसाधारणका लागि ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

0

ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। उक्त सेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा पर्ने बैंकले जनाएको छ ।