29.5 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 19

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

0

लामो समयसम्म रिक्त रहेको नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले लामो समयपछि आज नेप्सेको अध्यक्षमा बस्याललाई नियुक्त गरेको हो ।

यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सीइओ थिए । उनले गत भदौ १३ गते पदबाट राजीनामा दिएका थिए ।

एनआईबिएल र मेगा म्युचुअल फण्डका तीन योजनाले लाभांश घोषणा

0

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड र मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्।

कोष व्यवस्थापक एनआईएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले एनआईबिएल ग्रोथ फण्ड, एनआईबिएल समृद्धि फण्ड–२ र मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो।

घोषणाअनुसार,

  • एनआईबिएल ग्रोथ फण्ड का इकाईधनीहरुले १० प्रतिशत लाभांश पाउनेछन्।
  • एनआईबिएल समृद्धि फण्ड–२ का इकाईधनीहरुले ११.७५ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।
  • मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुले ७ प्रतिशत लाभांश पाउनेछन्।

लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ, भदौ २६ गतेसम्म नेप्से प्रणालीमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्र लाभांश पाउन योग्य हुनेछन्।

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट

0

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।

शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाएर सरकारको निर्णय खारेज गर्न माग गरेका छन्। साथै, सामाजिक सञ्जाललाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आदेश दिन माग गरिएको छ।

त्रिपाठीले दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतले जनाएको छ।

यसअघि सरकारले भदौ १९ गतेदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा एप बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले क्रमशः सामाजिक सञ्जाल बन्द गर्न थालेका थिए।

निफ्राद्वारा लाभांश घोषणा

0

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको. सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सिद्धार्थ क्यापिटलले ३०% नगद लाभांश प्रस्ताव , डाक्यो साधारण सभा

0

सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं साधारण सभा डाकेको हो ।

उक्त सभा असोज ९ गते काठमाण्डौको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा अपरान्ह साढे ४ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ३० प्रतिशत कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गरिनेछ ।

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ हजार ८१.४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ८५० रुपैयाँ कायम भएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बेंकिङमा आफू खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन पेश गर्नु पर्नेछ ।

निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

धौलागिरी लघुवित्तको संस्थापक सेयर लक–इन अवधि भदौ १९ गते  समाप्त हुँदै

0

काठमाडौं। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आगामी भदौ १९ गते समाप्त हुने भएको छ। सो मितिपछि संस्थापक सेयरधनी र कर्मचारीका लागि सुरक्षित गरिएको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्।


मर्जरपछि बाँकी सेयर

संस्था खप्तड लघुवित्तसँग मर्जरमा गएको थियो। मर्जरपश्चात:

  • संस्थापक सेयरधनी : २ लाख १ हजार कित्ता
  • कर्मचारी स्वामित्व : १५ सय कित्ता

यी सेयरहरुको लक–इन अवधि समाप्त भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।


मर्जरअघि अवस्था

  • संस्थापक स्वामित्व : २ लाख ६८ हजार कित्ता
  • कर्मचारी स्वामित्व : २ हजार कित्ता

आईपीओ र बाँडफाँड विवरण

संस्थाले २०७९ भदौ ८ देखि १२ गतेसम्म सर्वसाधारण (कर्मचारीसहित) का लागि आईपीओ निष्कासन गरेको थियो। सो आईपीओको २०७९ भदौ २० गते बाँडफाँड भएको थियो।


प्रतिबन्धित सेयरधनी

लक–इन अवधि समाप्त भए पनि:

  • सञ्चालक समितिका पदाधिकारी
  • व्यवस्थापन तहका कर्मचारी

यी व्यक्तिहरुले भने पद बहाल रहुन्जेल तथा अवकाश प्राप्त गरेको मितिले कम्तीमा १ वर्षसम्म आफ्ना सेयर खरिद–बिक्री गर्न पाउने छैनन्।


यसरी धौलागिरी लघुवित्तको लक–इन अवधि समाप्त भएपछि करिब २ लाख २ हजार ५ सय कित्ता सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्।

सागर डिष्टिलरीको आईपीओ सर्वसाधारणका लागि भदौ २५ गतेदेखि

0

सागर डिष्टिलरी लिमिटेडले यही भदौ २५ गतेदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने भएको छ। कम्पनीले कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर रु. १०० अंकित दरमा जारी गर्दैछ, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबर हुनेछ।


सेयर संरचना

  • सामूहिक लगानी कोषका लागि : ७२ हजार ६०० कित्ता
  • कर्मचारीहरुका लागि : ४३ हजार ५६० कित्ता
  • सर्वसाधारणका लागि बाँकी : करिब १० लाख ७४ हजार ४८० कित्ता

आवेदन विवरण

  • न्यूनतम आवेदन : १० कित्ता
  • अधिकतम आवेदन : १० हजार कित्ता
  • आवेदन गर्ने स्थान : नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा मेरो सेयर पोर्टल
  • न्यूनतम बन्द मिति : भदौ २९ गते
  • अधिकतम बन्द मिति : असोज ३ गते

बिक्री प्रबन्धक

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।


पहिलो चरण (विदेशी रोजगारमा रहेका नेपाली)

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म विदेशी रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको थियो। सो आईपीओको बाँडफाँड सम्पन्न भइसकेको छ

नारायणी डेभलपमेन्ट बैंक असोज २ गतेदेखि १:१ अनुपातमा हकप्रद सेयर जारी गर्दै

0

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले यही असोज २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत (१:१ अनुपात) मा, अर्थात् २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर रु. १०० अंकित दरमा जारी गर्न लागेको हो। यसमार्फत बैंकले करिब ७० करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।

बुक क्लोज र योग्यता

बैंकले हकप्रद निष्कासन प्रयोजनका लागि गत भदौ ९ गते बुक क्लोज गरेको थियो। यसअनुसार, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र हकप्रद खरिदका लागि योग्य हुनेछन्।

आवेदन अवधि र स्थान

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज २२ गते निर्धारण गरिएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड लगायत,

  • ग्लोबल आइएमई बैंकको नवलपरासीस्थित भूमरी शाखा,
  • नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय,
  • यज्ञपुरी शाखा, टाँडी शाखा, चितवन पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ मार्फत समेत आवेदन दिन सकिन्छ।

रेटिङ र जोखिम

हकप्रद निष्कासनका लागि रेटिङ प्रदायक इक्रा नेपालले ‘इक्रा एनपी इस्योर रेटिङ सी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

स्वीकृति र प्रबन्धक

यस हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। बैंकले साउन १५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसअघि बैंकको २०७९ असार ८ गते सम्पन्न विशेष साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

नेपाल राष्ट्र बैंकद्वारा ५५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिकिँदै

0

नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ झिक्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।

नियमित अभ्यासअनुसार संकलन

राष्ट्र बैंकले पछिल्लो समय हरेक आइतबार र बुधबार बजारबाट पैसा संकलन गर्दै आएको छ। सोही अनुसार आज पनि अनलाइन बिडिङ सिस्टममार्फत मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

आवेदन प्रक्रिया

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। थप रकम भने ५ करोड रुपैयाँको गुणकमा भाग लगाई आवेदन दिनुपर्नेछ। कुल आह्वान रकमसम्मको आवेदन माग अनुसार निःशेष भाग जाने गरी वितरण गरिनेछ।

भुक्तानी मिति

यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी असोज ५ गते हुनेछ।

सहभागिता

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।