19.9 C
Nepal
Tuesday, September 16, 2025

एनआईबिएल र मेगा म्युचुअल फण्डका तीन योजनाले लाभांश घोषणा

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड र मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्।

कोष व्यवस्थापक एनआईएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले एनआईबिएल ग्रोथ फण्ड, एनआईबिएल समृद्धि फण्ड–२ र मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो।

घोषणाअनुसार,

  • एनआईबिएल ग्रोथ फण्ड का इकाईधनीहरुले १० प्रतिशत लाभांश पाउनेछन्।
  • एनआईबिएल समृद्धि फण्ड–२ का इकाईधनीहरुले ११.७५ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।
  • मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुले ७ प्रतिशत लाभांश पाउनेछन्।

लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ, भदौ २६ गतेसम्म नेप्से प्रणालीमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्र लाभांश पाउन योग्य हुनेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here