19.9 C
Nepal
Sunday, September 28, 2025

सिद्धार्थ क्यापिटलले ३०% नगद लाभांश प्रस्ताव , डाक्यो साधारण सभा

spot_imgspot_imgspot_img

सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं साधारण सभा डाकेको हो ।

उक्त सभा असोज ९ गते काठमाण्डौको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा अपरान्ह साढे ४ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ३० प्रतिशत कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here