लामो समयसम्म रिक्त रहेको नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले लामो समयपछि आज नेप्सेको अध्यक्षमा बस्याललाई नियुक्त गरेको हो ।
यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सीइओ थिए । उनले गत भदौ १३ गते पदबाट राजीनामा दिएका थिए ।