नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ झिक्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।
नियमित अभ्यासअनुसार संकलन
राष्ट्र बैंकले पछिल्लो समय हरेक आइतबार र बुधबार बजारबाट पैसा संकलन गर्दै आएको छ। सोही अनुसार आज पनि अनलाइन बिडिङ सिस्टममार्फत मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।
आवेदन प्रक्रिया
इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। थप रकम भने ५ करोड रुपैयाँको गुणकमा भाग लगाई आवेदन दिनुपर्नेछ। कुल आह्वान रकमसम्मको आवेदन माग अनुसार निःशेष भाग जाने गरी वितरण गरिनेछ।
भुक्तानी मिति
यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी असोज ५ गते हुनेछ।
सहभागिता
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।