ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले लाभांश घोषणा गरेको छ।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि योजनाका इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गरिने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।