26.9 C
Nepal
Sunday, September 28, 2025

अरुण काबेली पावरले ५०% हकप्रद निष्कासन गर्ने

spot_imgspot_imgspot_img

अरुण काबेली पावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा डाकेको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त साधारण सभाको मिति र स्थान तय गरेको हो ।  

बैठकले आगामी असोज ३ गते शुक्रबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल कृष्टल पशुपतिमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । 

सभामा काबेली इनर्जी कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्ने तथा बैंकको दीर्घकालिन कर्जा आंशक भुक्तानी गर्न हाल कम्पनीको कायम चुक्तापूँजीबराबर १ः०.५० अर्थात ५० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै विभिन्न कम्पनीको संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरुमा लगानी सुरक्षित गर्ने र हकप्रदपश्चात कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।     

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here