19.9 C
Nepal
Sunday, September 28, 2025

माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न

spot_imgspot_imgspot_img

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान ९:३० बजे बाँडफाँड सम्पन्न भएको हो।

कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। लक्ष्मी सनराइज क्यापिटलका अनुसार कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन परेको थियो।

यसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन सदर र ८ हजार २८९ आवेदन बदर भएका थिए। सदर आवेदकमध्ये २ करोड ४४ लाख १२ हजार १७० कित्ता सेयरका लागि खरिद आवेदन परेको थियो।

बाँडफाँडमा १ लाख २४ हजार ८९० जनाले प्रत्येकी १० कित्ताका दरले १२ लाख ४८ हजार ९ सय कित्ता सेयर प्राप्त गरेका छन्। बाँकी ४ कित्ता सेयर ४ जनाले १÷१ कित्ताका दरले पाएका छन्।

आईपीओको नतिजा मेरो सेयरसीडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ।

माबिलुङ इनर्जीले सर्वसाधारणका लागि जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर निष्कासन गरेको थियो। सो मध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार ४७१ कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरेर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई गत असार २२ गतेदेखि साउन ४ गतेसम्म बिक्री गरिएको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here