19.9 C
Nepal
Tuesday, September 16, 2025

बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले यही भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कुल १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर जारी गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। साथै, लगानीकर्ताले मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन भदौ १९ गतेसम्म बन्द हुन सक्नेछ भने ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ। यस आईपीओलाई केयर रेटिङ नेपालले केयरएनपी सिंगल बी (Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत गत असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको थियो, जसको बाँडफाँड सम्पन्न भइसकेको छ।

नेपाल धितोपत्र बोर्डले गत असार १५ गते बुङ्गल हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीलाई जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति दिइएको छ। सोमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि, र सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here