34.9 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 22

एक्सेल डेभलपमेन्ट बैंकद्वारा पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह

0

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७४÷७५ मा वितरण गरेको नगद लाभांश बुझिलिन बाँकी भएमा बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन आग्रह गरेको हो ।  

उक्त लाभांश रकम सूचना प्रकाशित भएको ३५ दिनभित्र बु्झिलिन नआएमा बाँकी रहेको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  

यसका साथै आफ्नो सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण(डिम्याट) नगरेको भए गर्न समेत आग्रह गरिएको छ ।

नाडा अटो शोमा बैंकहरुको प्रतिस्पर्धी ब्याजदर : कृषि विकास बैंकको सबैभन्दा सस्तो ब्याजदर

0

नाडा अटो शोमा वाणिज्य बैंकहरूले अटो कर्जाका लागि ब्याजदरमा प्रतिस्पर्धा थालेका छन्। भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो–२०२५’ मा ३० भन्दा बढी स्टल राखिएका छन्, जहाँ विविध ब्रान्डका नयाँ मोडलहरू प्रदर्शनमा छन्। यस अवसरमा सात वाणिज्य बैंकले अटो कर्जामा आकर्षक प्रस्ताव सार्वजनिक गरेका छन्। उनीहरूले स्थिर र परिवर्तनीय ब्याजदरमा कर्जा उपलब्ध गराउँदै न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म दर तोकेको छन्।

कृषि विकास बैंकले ६.२३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ; यसको बेसरेट ५.८७ प्रतिशतमा ०.३६ प्रतिशत प्रिमियम थपेर दर निर्धारण गरिएको हो। यस बैंकले ०.७५ प्रतिशत प्रोसेसिङ शुल्कमा ३३ प्रतिशत छुट पनि दिएको छ। यो सबैभन्दा सस्तो ब्याजदर मानिएको छ ।

नबिल बैंकले सात वर्ष अवधिका लागि ६.७४ प्रतिशत परिवर्तनीय ब्याजदर र स्थिर ८.२५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने योजना ल्याएको छ। स्थिर कर्जामा ०.२५ प्रतिशत र परिवर्तनीय कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ।

लक्ष्मी सनराइज बैंकले सात वर्ष अवधिको स्थिर ७.९९ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

ग्लोबल आइएमई बैंकले दुई योजना ल्याउँदै पाँच वर्ष अवधिको कर्जामा परिवर्तनीय ६.९९ प्रतिशत ब्याजदर र ८.२५ प्रतिशत स्थिर ब्याजदर प्रस्ताव गरेको छ।

हिमालयन बैंकले आठ वर्ष अवधिका लागि ७.५७ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने जनाएको छ।

सानिमा बैंकले पाँच वर्षका लागि ७.९९ प्रतिशत र सात वर्षका लागि ८.१५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

एनएमबि बैंकले विद्युतीय गाडीका लागि ७.१३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने विशेष योजना ल्याएको छ।

बैंकहरूले निक्षेप दर घटेकाले बेसरेट तल झरेको र यही कारण अटो कर्जामा प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्न सम्भव भएको बताएका छन्। यसले बजारमा अटो कर्जाको मागलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

आईएमई ग्रुपको भेन्चर हायर पर्चेजले आईपिओ निष्काशन गर्ने

आईएमई ग्रुपद्धारा संचालित भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणहरुका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको साउन २७ गते बसेको संचालक समिती बैठकले भदौ २७ गते शुक्रबारलाई साधारणसभा डाक्ने निर्णय गरेको थियो । कम्पनीको साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय पानीपोखरी, काठमांडौमा दिनको ३ बजेदेखि सुरु हुनेछ ।

सभाले आईपिओ निष्काशनसहित गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश, प्रबन्धपत्र र नियमावली संसोधन, सेयर संरचना परिवर्तन र आईपिओ निष्काशन गर्ने लगाएका प्रस्तावहरु पारित गर्नेछ ।

सर्वसाधारणका लागि सानिमा रिलायन्स लाइफको करिब साढे १३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडले करिब साढे १३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको १३ लाख ४७ हजार ५८८ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत असार ३० गतेदेखि ३५ दिने सूचना जारी गरी कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।  

यसर्थ सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । 

राष्ट्र बैंकद्वारा आज ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिकिँदै

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्ने भएको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरण अन्तर्गत २५ दिनका लागि निक्षेप संकलन गर्ने निर्णय गरेको हो।

पछिल्लो समय राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता संकलन गर्दै आएको छ। सोही क्रममा आज पनि राष्ट्र बैंकले अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्न लागेको हो। यसका लागि आज मध्यान्ह ३ बजेदेखि अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणकमा आवेदन दिन सक्नेछन्। कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सकिनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ।

यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।

हातवे इन्भेष्टमेन्ट नेपालले १७औं वार्षिक साधारण सभा आह्वान गर्दै, १२% बोनस सेयर प्रस्ताव

0

हातवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ। भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो।

कम्पनीको वार्षिक साधारण सभा आगामी भदौ २५ गते काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा बिहान १० बजे सुरु हुनेछ। सभामा सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने तथा सो सम्बन्धी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। नियामक निकायबाट थप संशोधनको निर्देशन आएमा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत रहनेछ।

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै, आव २०८२/८३ को बाह्य लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण, समूह (क) का सेयरधनीतर्फबाट ४ जना सञ्चालकको निर्वाचन, र स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव समेत सभामा पेश गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार, भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको लक–इन अवधि असोजमा समाप्त हुँदै

0

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक–इन अवधि आगामी असोज महिनामा समाप्त हुने भएको छ। कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक–इन अवधि असोज ५ गते समाप्त हुने भएको हो।

सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर बाँडफाँड मितिले ६ महिनासम्म लक–इनमा राख्नुपर्ने प्रावधानअनुसार असोजमा सो अवधिको समाप्ति हुने भएको हो।

कम्पनीले सर्वसाधारणका लागि २०८१ फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको थियो। उक्त आईपीओको बाँडफाँड २०८१ चैत ५ गते भएको थियो।

सर्वोत्तम सिमेन्टको नाफा र आम्दानीमा उल्लेख्य वृद्धि

0

सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको १४ करोड ९३ लाख रुपैयाँ नाफाभन्दा ५७२.५१ प्रतिशतले बढी हो।

बिक्री आम्दानीमा पनि उच्च वृद्धिदर देखिएको छ। कम्पनीले यस अवधिमा २ अर्ब ६ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आवको ७५ करोड ५४ लाख रुपैयाँभन्दा १७३.०१ प्रतिशत बढी हो। त्यस्तै, अन्य आम्दानी पनि बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो आवमा ५ करोड ९ लाख रुपैयाँ मात्र थियो।

खर्च र वित्तीय स्थिति

खर्चतर्फ कम्पनीले समीक्षा अवधिसम्म ९४ करोड ८१ लाख रुपैयाँ व्यय गरेको छ, अघिल्लो आवमा यो रकम ६१ करोड ४१ लाख रुपैयाँ थियो।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब २५ करोड रुपैयाँ र कुल चालु दायित्व ४ अर्ब २६ करोड रुपैयाँ कायम छ।

कर्जा संरचनामा, कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ अल्पकालीन९ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।

वित्तीय सूचक

समीक्षा अवधिसम्म कम्पनीको

  • प्रतिसेयर आम्दानी (EPS): ३.७४ रुपैयाँबाट बढेर २०.१९ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: २०२ रुपैयाँ
  • प्रतिसेयर कुल सम्पत्तिको मूल्य: ३०१.९२ रुपैयाँ
  • तरलता अनुपात: १.२३ प्रतिशत पुगेको छ।

यसले सर्वोत्तम सिमेन्टको बजार स्थितिलाई थप मजबुत बनाएको देखिन्छ।

छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको मध्यबोनश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । निर्धारित मितिसम्म कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

नेपाल टेलिकमको नाफा ५७ प्रतिशतले घट्यो

0

नेपाल टेलिकम (एनटीसी) को आम्दानी र नाफामा उल्लेख्य गिरावट आएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३८ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको ४२ अर्ब ११ करोड रुपैयाँभन्दा ८.०३ प्रतिशतले कम हो।

आम्दानी घटेसँगै कम्पनीको नाफामा अझ ठूलो गिरावट देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको ६ अर्ब २३ करोड रुपैयाँभन्दा ५७.२१ प्रतिशतले कम हो।

रिजर्भ र सम्पत्ति

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भ ७१ अर्ब १५ करोड रुपैयाँमा झरेको छ, जुन अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले कम हो। त्यस्तै, कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब ६८ करोड रुपैयाँ र कुल चालु दायित्व १८ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ।

वित्तीय सूचक

नेपाल टेलिकमको प्रतिसेयर आम्दानी (EPS) ३४.६४ रुपैयाँबाट घटेर १४.८२ रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, प्रतिसेयर नेटवर्थ ४९५.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७१.०६ रुपैयाँ, तरलता अनुपात २.४० प्रतिशत र मूल्य/आम्दानी अनुपात (P/E Ratio) ५९.१८ गुणा रहेको छ।

यसले कम्पनीको वित्तीय प्रदर्शनमा चुनौती बढिरहेको स्पष्ट देखाएको छ।