सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको १४ करोड ९३ लाख रुपैयाँ नाफाभन्दा ५७२.५१ प्रतिशतले बढी हो।
बिक्री आम्दानीमा पनि उच्च वृद्धिदर देखिएको छ। कम्पनीले यस अवधिमा २ अर्ब ६ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आवको ७५ करोड ५४ लाख रुपैयाँभन्दा १७३.०१ प्रतिशत बढी हो। त्यस्तै, अन्य आम्दानी पनि बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो आवमा ५ करोड ९ लाख रुपैयाँ मात्र थियो।
खर्च र वित्तीय स्थिति
खर्चतर्फ कम्पनीले समीक्षा अवधिसम्म ९४ करोड ८१ लाख रुपैयाँ व्यय गरेको छ, अघिल्लो आवमा यो रकम ६१ करोड ४१ लाख रुपैयाँ थियो।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब २५ करोड रुपैयाँ र कुल चालु दायित्व ४ अर्ब २६ करोड रुपैयाँ कायम छ।
कर्जा संरचनामा, कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ अल्पकालीन र ९ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।
वित्तीय सूचक
समीक्षा अवधिसम्म कम्पनीको
- प्रतिसेयर आम्दानी (EPS): ३.७४ रुपैयाँबाट बढेर २०.१९ रुपैयाँ
- प्रतिसेयर नेटवर्थ: २०२ रुपैयाँ
- प्रतिसेयर कुल सम्पत्तिको मूल्य: ३०१.९२ रुपैयाँ
- तरलता अनुपात: १.२३ प्रतिशत पुगेको छ।
यसले सर्वोत्तम सिमेन्टको बजार स्थितिलाई थप मजबुत बनाएको देखिन्छ।