क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक–इन अवधि आगामी असोज महिनामा समाप्त हुने भएको छ। कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक–इन अवधि असोज ५ गते समाप्त हुने भएको हो।
सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर बाँडफाँड मितिले ६ महिनासम्म लक–इनमा राख्नुपर्ने प्रावधानअनुसार असोजमा सो अवधिको समाप्ति हुने भएको हो।
कम्पनीले सर्वसाधारणका लागि २०८१ फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको थियो। उक्त आईपीओको बाँडफाँड २०८१ चैत ५ गते भएको थियो।