25.5 C
Nepal
Monday, September 29, 2025

सानिमा जिआईसी इन्स्योरेन्सले ५ लाख ८० हजार संस्थापक सेयर बिक्रीमा राख्यो

spot_imgspot_imgspot_img

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार यस सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यसअघि गत असार ३० गते ३५ दिने सूचना जारी गरी सेयर बिक्रीमा राखिएकोमा कुनै पनि आवेदन नपरेपछि पुनः बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको दर र कित्ता संख्या स्पष्ट उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र काठमाण्डौको टंगालस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

निर्धारित समयसीमा भित्र पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ–संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here