21.2 C
Nepal
Tuesday, April 21, 2026
Home Blog Page 13

सुनचाँदीको मूल्य नयाँ रेकर्डमा, दसैँपछि प्रतितोला ७ हजार ४०० ले बढ्यो

0

काठमाडौं । दसैँका बिदाका कारण केही दिन स्थगित गरिएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुरु भएको छ। असोज १२ गतेपछि पहिलोपटक दर तोकिँदा सुनको मूल्य एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँले उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम गरिएको छ। यसअघि असोज १२ गते सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि समानान्तर रूपमा उकालो लागेको छ। त्यसदिन प्रतितोला २ हजार ८१० रुपैयाँमा रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आइतबार तोकिएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीका अनुसार पछिल्लो समयमा अमेरिकी डलर कमजोर हुनु, तेल मूल्यमा वृद्धि र विश्व बजारमा बढ्दो अस्थिरताले लगानीकर्तालाई सुनतर्फ आकर्षित गरेको हो। त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।

सिटी होटल लिमिटेडको हकप्रद बिक्री नभएपछी आवेदन दिने समय थप

0

काठमाडौं ।
सिटी होटल लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले भदौ २३ गतेदेखि जारी गरेको हकप्रद सेयरमा सम्पूर्ण बिक्री नभएकाले अन्तिम मिति असोज १२ गतेबाट बढाएर असोज २६ गतेसम्म पुर्‍याइएको हो।

१ः०.८० अनुपातमा हकप्रद

कम्पनीले हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको ८० प्रतिशत बराबर अर्थात् १ः०.८० अनुपातमा रु. १०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो। यस प्रयोजनका लागि कम्पनीले गत साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। त्यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र हकप्रद आवेदन दिन योग्य हुनेछन्।

कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन

हकप्रदमा आवेदन दिन लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमार्फत वा प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट सीधै आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

बिक्री प्रबन्धक

सिटी होटल लिमिटेडको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

0

सागर डिष्टिलरी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) आज (आइतबार) बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार बाँडफाँड आज सम्पन्न भएको हो।

२२ गुणा बढी आवेदन

कम्पनीको आईपीओमा आम सर्वसाधारणतर्फ २२.२५ गुणा बढी आवेदन परेको थियो। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका तथ्याङ्कअनुसार अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जना आवेदकले २ करोड ६५ लाख १ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए। यो संख्या कम्पनीले जारी गरेको सेयरभन्दा २२ गुणा बढी हो।

गोलाप्रथा प्रणालीबाट बाँडफाँड

मागभन्दा अत्यधिक आवेदन परेकाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो। १० कित्ताका दरले बाँडफाँड गर्दा कुल १ लाख १९ हजार ६४ जनाले सेयर पाएका छन् भने २२ लाखभन्दा बढी आवेदकको हात भने खाली भएको छ।

जारी सेयर विवरण

कम्पनीले गत भदौ ३० गतेदेखि सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरका ११ लाख ९० हजार ६४० कित्ता सेयर सार्वजनिक गरेको थियो।

मुक्तिनाथ बैंकको साधारणसभा घोषणा

0

मुक्तिनाथ विकास बैंक लिमिटेडले घोषणा गरेको लाभांश तपाई पनि आफ्नो पोल्टामा पार्न चाहनुहुन्छ ? बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको १८.२० प्रतिशत लाभांश तपाई पनि प्राप्त गर्न चाहनुहुन्छ भने असोज ३१ गतेसम्म यो कम्पनीको सेयर किनिसक्नुपर्नेछ ।

बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा आगामी कात्तिक १५ गते बोलाएको छ र त्यसका लागि बुक क्लोज मिति भनेर असोज ३१ गतेलाई तोकेको छ । यसको अर्थ कम्पनीले घोषणा गरेको लाभांश पाउन तथा सेयरधनीको रुपमा साधारणसभामा सहभागी बन्न असोज ३१ गतेभित्र सेयर किनिसक्नुपर्नेछ ।

यो बैंकले भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकबाट १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४.६७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।

साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को लागि घोषित लाभांश पारित गर्ने अजेण्डा राखिएको छ ।

यसबाहेक, नाफा नोक्सान विवरण, वित्तीय प्रतिवेदन र नगद प्रवाह प्रतिवेदन सहितको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने थप अजेण्डाहरु पनि छन् ।

ग्रीन लाइफ हाईड्रोपावरले डाक्यो तीन आवको साधारण सभा एकैपटक ,हकप्रद जारी गर्ने

0

ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नेृ भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औंं, १४ औं र १५ औं साधारण सभा एकैपटक डाकेको हो ।

उक्त सभा आगामी कात्तिक १८ गते बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा हाल कायम रहेको जारी तथा चुक्तापूँजीबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेृ, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यसका साथै आव २०७८/७९, २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गररी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित उक्त अवधिको नाफा, नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा सञ्चालक नियुक्तीको अनुमोदन र सर्वसाधारण समूहबाट बाँकी अवधि प्रतिनिधित्व गर्न सञ्चालक चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

गुराँस लघुवित्तको लाभांश घोषणा

0

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार ५ सय रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

लाभांश वितरणको प्रस्ताव स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेस गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट निर्णय भई आए पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

जोशी हाईड्रोपावरको हकप्रद बाँडफाँड सम्पन्न

0

काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले साउन ६ गतेदेखि निष्कासनमा ल्याएको हकप्रद असोज ७ गते बाँडफाँड गरेको हो ।

यसअघि असार ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीका लागि कम्पनीले ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । यसअनुसार हाल कायम ३७ करोड १४ लाख रुपैयाँबराबरको चुक्तापूँजीका आधारमा कम्पनीले रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार, रितपूर्वक आवेदन दिने सेयरधनीलाई २२ लाख २४ हजार १७३ कित्ता सेयर बाँडफाँड गरिएको छ । तर, १ लाख ८९ हजार ९२७ कित्ता हकप्रद बिक्री हुन नसकेको क्यापिटलले जनाएको छ ।

कम्पनीले बाँकी रहेका अवितरित सेयर सर्वसाधारणका लागि लिलामीमार्फत बिक्री गर्ने तयारी गरेको छ ।

यसले जोशी हाईड्रोपावरका सेयरधनीलाई थप लगानीको अवसर दिनेछ भने बाँकी अवितरित सेयरमार्फत सर्वसाधारण लगानीकर्ताले पनि कम्पनीमा प्रवेश गर्ने अवसर पाउनेछन् ।

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

नेपाल ल्युब आयल लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ लाख ६६ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुरको पुल्चोकमा रहेको द प्लाजामा बिहान साढे ११ बजेदेखि वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

इष्टर्न हाईड्रोपावरको लक इन अवधि कात्तिकमा समाप्त हुदै

0

इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिक महिनामा समाप्त हुने भएको छ । उक्त मितिमा कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
कुल सेयरमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता रहेको छ ।

कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र कर्मचारीका लागि छुट्टाइएको सेयर लक इनमा राख्ने व्यवस्था रहेको छ ।

कम्पनीको सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

अर्थमन्त्री रामेश्वर खनालको ‘धमाकेदार’ एक्सन: ६ घण्टामै १६६ उजुरी, दर्जनौँ अधिकृत कारवाहीमा!

0

भ्रष्टाचारविरुद्ध जेनेजी आन्दोलनले हल्लाएको देशमा अन्तरिक सरकारले पहिलो ठूलो झड्का दिएको छ।
अर्थमन्त्री रामेश्वर खनाल सिधै भ्रष्टाचारविरुद्धको युध्दमा उत्रिएका छन्।

  • सोमबार खनालले जनता समक्ष अपील गर्दै भने— “यदि कर्मचारीले घुस माग्छ भने तुरुन्त इमेल पठाउनुहोस्।”
  • अपील गरेको ६ घण्टामै अर्थ मन्त्रालयको इमेलमा १६६ वटा उजुरी पुगे।
  • तीमध्ये दुई दर्जन इमेलको जवाफ अर्थमन्त्रीले आफैं दिएको खुलासा भएको छ।
  • तत्कालै दर्जनौँ अधिकृतलाई कारवाही प्रक्रिया अघि बढाइसकेको मन्त्रालयको दाबी।
  • कतिपयलाई जागिरबाटै बर्खास्त गर्ने तयारी समेत।

अब बाँकी उजुरीलाई पनि तत्कालै जवाफ दिने र निष्क्रिय प्रशासनलाई धक्का दिने कडा कदम चालिने अर्थ मन्त्रालयका उच्च अधिकारीले बताएका छन्।