नेपाल ल्युब आयल लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ लाख ६६ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुरको पुल्चोकमा रहेको द प्लाजामा बिहान साढे ११ बजेदेखि वार्षिक साधारण सभा आयोजना गर्दैछ ।