काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले साउन ६ गतेदेखि निष्कासनमा ल्याएको हकप्रद असोज ७ गते बाँडफाँड गरेको हो ।
यसअघि असार ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीका लागि कम्पनीले ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । यसअनुसार हाल कायम ३७ करोड १४ लाख रुपैयाँबराबरको चुक्तापूँजीका आधारमा कम्पनीले रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार, रितपूर्वक आवेदन दिने सेयरधनीलाई २२ लाख २४ हजार १७३ कित्ता सेयर बाँडफाँड गरिएको छ । तर, १ लाख ८९ हजार ९२७ कित्ता हकप्रद बिक्री हुन नसकेको क्यापिटलले जनाएको छ ।
कम्पनीले बाँकी रहेका अवितरित सेयर सर्वसाधारणका लागि लिलामीमार्फत बिक्री गर्ने तयारी गरेको छ ।
यसले जोशी हाईड्रोपावरका सेयरधनीलाई थप लगानीको अवसर दिनेछ भने बाँकी अवितरित सेयरमार्फत सर्वसाधारण लगानीकर्ताले पनि कम्पनीमा प्रवेश गर्ने अवसर पाउनेछन् ।