27.4 C
Nepal
Sunday, September 28, 2025

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

spot_imgspot_imgspot_img

सागर डिष्टिलरी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) आज (आइतबार) बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार बाँडफाँड आज सम्पन्न भएको हो।

२२ गुणा बढी आवेदन

कम्पनीको आईपीओमा आम सर्वसाधारणतर्फ २२.२५ गुणा बढी आवेदन परेको थियो। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका तथ्याङ्कअनुसार अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जना आवेदकले २ करोड ६५ लाख १ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए। यो संख्या कम्पनीले जारी गरेको सेयरभन्दा २२ गुणा बढी हो।

गोलाप्रथा प्रणालीबाट बाँडफाँड

मागभन्दा अत्यधिक आवेदन परेकाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो। १० कित्ताका दरले बाँडफाँड गर्दा कुल १ लाख १९ हजार ६४ जनाले सेयर पाएका छन् भने २२ लाखभन्दा बढी आवेदकको हात भने खाली भएको छ।

जारी सेयर विवरण

कम्पनीले गत भदौ ३० गतेदेखि सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरका ११ लाख ९० हजार ६४० कित्ता सेयर सार्वजनिक गरेको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here