भ्रष्टाचारविरुद्ध जेनेजी आन्दोलनले हल्लाएको देशमा अन्तरिक सरकारले पहिलो ठूलो झड्का दिएको छ।
अर्थमन्त्री रामेश्वर खनाल सिधै भ्रष्टाचारविरुद्धको युध्दमा उत्रिएका छन्।
- सोमबार खनालले जनता समक्ष अपील गर्दै भने— “यदि कर्मचारीले घुस माग्छ भने तुरुन्त इमेल पठाउनुहोस्।”
- अपील गरेको ६ घण्टामै अर्थ मन्त्रालयको इमेलमा १६६ वटा उजुरी पुगे।
- तीमध्ये दुई दर्जन इमेलको जवाफ अर्थमन्त्रीले आफैं दिएको खुलासा भएको छ।
- तत्कालै दर्जनौँ अधिकृतलाई कारवाही प्रक्रिया अघि बढाइसकेको मन्त्रालयको दाबी।
- कतिपयलाई जागिरबाटै बर्खास्त गर्ने तयारी समेत।
अब बाँकी उजुरीलाई पनि तत्कालै जवाफ दिने र निष्क्रिय प्रशासनलाई धक्का दिने कडा कदम चालिने अर्थ मन्त्रालयका उच्च अधिकारीले बताएका छन्।