23.1 C
Nepal
Sunday, September 28, 2025

ग्रीन लाइफ हाईड्रोपावरले डाक्यो तीन आवको साधारण सभा एकैपटक ,हकप्रद जारी गर्ने

spot_imgspot_imgspot_img

ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नेृ भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औंं, १४ औं र १५ औं साधारण सभा एकैपटक डाकेको हो ।

उक्त सभा आगामी कात्तिक १८ गते बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा हाल कायम रहेको जारी तथा चुक्तापूँजीबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेृ, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यसका साथै आव २०७८/७९, २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गररी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित उक्त अवधिको नाफा, नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा सञ्चालक नियुक्तीको अनुमोदन र सर्वसाधारण समूहबाट बाँकी अवधि प्रतिनिधित्व गर्न सञ्चालक चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here