27.2 C
Nepal
Saturday, April 18, 2026
Home Blog Page 284

  ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनुस् :कांग्रेस सांसद

राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिएकी छन् । उनले यो पनि गर्ने र त्यो पनि गर्ने भन्ने तर, खास रुपमा केही नगर्ने प्रवृत्ति त्याग्न उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएकी हुन् ।

‘बिरालो बाँधेर सराद्धे गर्ने काम नगरौं । ठ्याक्कै के गर्ने हो भनौं’, उनले बैठकमा भनिन्, ‘किसानले उत्पादन गरेको उपजको बजारको ग्यारेन्टी गरौं । कसरी गर्ने ठ्याक्कै भनौं ।’भन्सारको चुहावट रोक्न के गर्ने हो त्यो स्पष्ट भन्ने, वैदेशिक लगानी बढाउने मात्रै नभनेर लगानीका लागि वातावरण बनाउन ठ्याक्कै के गर्ने हो त्यो भन्नुपर्ने उनको धारणा छ । ‘एकीकृत बसोबासका लागि सुरुवात नै गरौं । यसो हुँदा जंगली जनावरको डर र त्रास कम हुन्छ । शिक्षा र स्वास्थ्यका लागि पनि सहजता प्राप्त हुन्छ ’ उनले थपिन ।

पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ ?’

बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने सांसद पन्तले बताइन् । ‘बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने’ सांसद पन्तले भनिन्, ‘यति ग¥यो भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रबाट चलायमान बनाउन सक्छौं ।’

‘कहिले श्रीलंका भनेका छौं के भनेर गुनासो गरेका छौं , यसरी निरासाका कुरा नगरन उनले सुझाइन ।

नेप्से प्रि ओपन सेसन : झिनो अंक बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

आइतबार १९.१२ अंक घटेर १८५०.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६ स्टकको १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको ३४७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्राबिधिक रुपमा हेर्दा बजारमा लगानिकर्ता लगानिका लागि इच्छुक देखिएका छैनन । बोल्लिङर ब्यान्डको मध्य रेखाबाट बजार तल्लो रेखातर्फ लागेको छ , यसले बजार अझै केही समय तल्लो रेखासम्मा जाने देखिन्छ भने एमएसीडीले सेल सिग्नल दिएको छ , जुन अहिले पनि भ्यालिड देखिन्छ ।

हैदरावादको रोमाञ्चक जित, ४ विकेटले हार्‍यो राजस्थान

0

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावाद ४ विकेटले विजयी भएको छ । गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।

अन्तिम बलमा चार रन चाहिएको बेला अब्दुल समादले छक्का प्रहार गर्दै हैदरावादलाई रोमाञ्चक जित दिलाए । यो जितसँगै हैदरावाद आईपीएलको जारी सिजनबाट आउट हुनबाट जोगियो । उसले खेलेका १० म्याचमध्ये यो चौथो जित हो ।

हैदरावादको जितमा अनमोलप्रित सिंह ३३ रन बनाए भने अभिषेक शर्माले अर्धशतकीय पारी खेले । ३४ बल सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५५ रन बनाए । राहुल त्रिपाठीले ४७ रन योगदान गरे । अब्दुल समाद १७ रनमा नटआउट रहे ।

बलिङतर्फ युजवेन्द्र चहलले २९ रन खर्चेर ४ विकेट लिए ।

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीश सिफारिसबारे छलफल गरिने

0

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक आज साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो ।
सर्वोच्च अदालतमा १५ महिना यता प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।

चोलेन्द्रशम्शेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त अवस्थामा छ । हाल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की रहेका छन्
यसअघि यही वैशाख ६ गते संवैधानिक परिषद्को बैठक बसेको थियो । सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे पहिल्यै पनि सामान्य छलफल भए पनि निर्णय भएको थिएन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीश सिफारिस गर्न नहुने अडान लिएपछि बैठक निष्कर्षविहीन भएको थियो ।

सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेपछि बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश रहने व्यवस्था छ ।

बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाई प्रोफाइल’

शरणार्थीका नाममा ठगी मुद्दाको भित्री कथा
पैसा पचाएर काम टार्ने गरेपछि थप बिच्किएका थिए बिचौलिया

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगीमा संलग्न तीनजना गत १२ चैतमा पक्राउ परेलगत्तै उनीहरूसँग जोडिएका उच्चपदस्थहरू सतर्क भए । आफ्नो नाम पोलिने चिन्ता उनीहरूलाई थियो । त्यसैले छिटो अनुसन्धान टुंग्याएर बुझाउन भोलिपल्टैदेखि प्रहरीमाथि दबाब दिन थालियो ।

ठूला नेताबाटै दबाब आएपछि प्रहरीले तत्कालै बयानको प्रक्रिया अघि बढायो । एक पूर्वसांसदले पक्राउ परेका अभियुक्तलाई भेटेरै पैसा फिर्ता गराइदिने आश्वासन दिँदै नेताको नाम बयानमा नलिन आग्रहसमेत गरेका थिए । केही पैसा फिर्ता पनि गरिदिए ।

सुरुमा बिचौलियाहरू सानु भण्डारी, केशव दुलाल, टंक गुरुङ पक्राउ परेका थिए, तीन दिनपछि सागर राई पनि समातिए । दुलाल, गुरुङ र राईले सुरुमा इन्कारी बयान दिए भने भण्डारीले ‘कसैलाई नछाड्ने’ अडान लिए । बयानका क्रममा उनले आफूले पैसा बुझाएका सबै नेता र कर्मचारीका नाम लिए । तर, प्रहरीले उनको बयान लिपिबद्ध गरेन । बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान भएको थियो ।

बयानका क्रममा प्रश्नोत्तर गरी बोलिएका कुरा लिपिबद्ध गरी त्यसमा हस्ताक्षर गराइन्छ । जहाँ भण्डारीले आफूले भनेअनुसार बयान नलेख्ने हो भने ‘सरकारी वकिल कार्यालयमै आत्मदाह गर्ने’ धम्की दिए । त्यसपछि बयान कक्षमा सन्नाटा छायो । प्रहरी र सरकारी वकिलले केही दिनका लागि बयान नै रोके ।

भण्डारीले एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतकोे नाम लिएका थिए । ती नामले प्रहरी झस्किएको थियो । प्रहरीमाथि बयानमा उच्चपदस्थको नाम हटाउन निरन्तर दबाब थियो भने एकथरी प्रहरी यो मुद्दालाई संगठित अपराध कसुरमा लगेर विस्तृत अनुसन्धान गराउने पक्षमा थियो । तर, सरकारी वकिल कार्यालयले संगठित अपराधमा नलगी छिटो मुद्दा बुझाउने प्रक्रिया अघि बढायो ।

अनुसन्धानको प्रतिवेदन बनाउने तयारी हुँदै गर्दा २९ चैतमा गिरोहका सदस्यमध्येका एक सन्देश शर्मा आफैँ प्रहरीमा उपस्थित भए । उनको बयान लिएर तत्काल मुद्दा बुझाउन नसकिने भएपछि बल्ल सरकारी वकिल कार्यालय ठगीसँगै संगठित अपराधमा मुद्दा अघि बढाउन तयार भयो । ठगीमा मात्र मुद्दा चलाउँदा प्रहरीले २५ दिनभित्र अदालतमा अभियोग पुर्‍याइसक्नुपर्ने हुन्छ भने संगठित अपराधमा ६० दिनसम्मको समय पाउँछ ।

‘संगठित अपराध कसुरमा जोडिएपछि यो मुद्दाले नयाँ मोड लियो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले भने, ‘अभियुक्तहरूले हाई प्रोफाइल व्यक्तिको नाम मात्र लिएनन्, त्यसको प्रमाण पनि दिए, दबाब आए पनि प्रहरी पछि हट्नै नसक्ने अवस्था आयो ।’ 

बिचौलियामध्येका एक भण्डारीले बोलेअनुसार बयानमा नलेखे जे पनि गर्न सक्ने भन्दै धम्क्याएकाले प्रहरी र सरकारी वकिलमाथि दबाब बन्यो । त्यसपछि उनकै बयानका आधारमा प्रहरी प्रमाण संकलनतर्फ केन्द्रित भयो । बयानअनुसारको आर्थिक कारोबार प्रमाणित हुँदै गएपछि यो मुद्दामा एकपछि अर्का ‘हाई प्रोफाइल’ तानिन थाले ।

१९ वैशाखमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ ग¥यो । भोलिपल्ट सचिव टेकनारायण पाण्डे र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप समातिएपछि यो मुद्दाले तरंग ल्यायो । उनीहरूको पक्राउले यसमा संलग्न अन्य उच्चपदस्थ थप त्रसित बनेका छन् । 

स्रोतका अनुसार भण्डारी खुलेसँगै अन्य अभियुक्तले पनि बयानमा प्रहरीलाई सघाएका छन् । प्रहरीमाथि दबाब नपरेमा अरू धेरैजना तानिने सम्भावना छ । ‘अन्य केही उच्चपदस्थको पनि नाम आएको छ, तर प्रमाणले त्यसलाई सपोर्ट नगरेसम्म पक्राउ पुर्जीको प्रक्रिया अघि बढेको छैन,’ प्रहरी स्रोतको दाबी छ । 

जिल्ला प्रहरी परिसर काठमाडौैंका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धानका धेरै काम बाँकी रहेको र अनुसन्धानमा खुलेका सबै विषय बाहिर ल्याउन नमिल्ने बताए । ‘यो मुद्दामा अनुसन्धान गर्नुपर्ने विषय धेरै छन्, त्यसकारण प्रहरीले तीव्रताका साथ अनुसन्धान अघि बढाएको छ, थप व्यक्तिको संलग्नता त्यससँगै खुल्दै जाला,’ उनले भने । 

पैसा पचाउने, तर काम टार्ने प्रवृत्तिले बिच्किए बिचौलिया 
६ वर्षअघिदेखि नै बिचौलिया समूहले भुटानी शरणार्थीका नाममा ठगी सुरु गरेका थिए । सुरुमा उनीहरूले नाम दर्तामा छुटेका शरणार्थीलाई अमेरिका पठाइदिने भनेर पैसा उठाए । त्यसको सुरुवात केशव दुलालले गरेका थिए । कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनी स्वकीय सचिव भएकाले त्यतिवेलादेखि नै उनी यो विषयमा जानकार थिए भने केही शरणार्थी उनको सम्पर्कमा थिए । सम्पर्कमा भएकामार्फत पैसा उठाएर गृह मन्त्रालयलाई प्रभावमा पारी भुटानी शरणार्थी समस्या समाधानका लागि कार्यदल गठन भएको थियो । त्यतिवेलासम्म सानु भण्डारी, सन्देश शर्मालगायत व्यक्ति पनि जोडिइसकेका थिए । 

०७६ को जेठमा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा गृह मन्त्रालयले कार्यदल गठन गरेको थियो । त्यसको सदस्यमा सानु भण्डारीका साथी गणेशबहादुर केसी (हाल महांकाल गाउँपालिका अध्यक्ष) र गृहमा राम्रो छवि नभएका अधिकृत दीपक न्यौपानेलाई राखियो । यो कार्यदलको प्रतिवेदनका आधारमा बिचौलियाहरूले करिब नौ सयजनासँग करिब एक अर्ब उठाएका थिए । 

गृहमा पकड भएकाले उनीहरूले नेपालीलाई पनि भुटानी शरणार्थीको सूचीमा राखेर पठाइदिने भन्दै पैसा उठाएका थिए । त्यही पैसाका बलमा पछिल्लो पाँच वर्षसम्म गृह प्रशासनलाई बिचौलियाहरूले आफूअनुकूल चलाएका थिए । रामबहादुर थापा र बालकृष्ण खाण दुवै गृहमन्त्रीको कार्यकालमा सो गिरोहको स्वार्थअनुसार निर्णय भएका छन् । त्यसक्रममा गृहका सचिवहरू प्रेमकुमार राई, महेश्वर न्यौपाने र टेकनारायण पाण्डेले पनि आफूहरूलाई सघाएको उनीहरूको बयान छ । राई र न्यौपानेले लाभ लिएर सघाएको प्रमाण हालसम्म नभेटिएको प्रहरी अधिकारी बताउँछन् । 

सर्वसाधारणसँग उठाएको पैसा नेता र कर्मचारीलाई बुझाएर शरणार्थीका नाममा सयौँलाई अमेरिका उडाउने उनीहरूको योजना थियो । काम गरिदिने भनेर गृहका अधिकारीले पैसा बुझेपछि ढुक्क भएका थिए । तर, करोडौैँ बुझाउँदा पनि अल्झाएर मात्र राखेको र उल्टो आफूहरूलाई नै पक्राउ गरेपछि उनीहरू रिसाएर पैसा लिने सबैको नाम पोलेको प्रहरी स्रोत बताउँछ । 

‘उनीहरूले हामी ठग होइनौँ, उल्टै पीडित हौँ भनिरहेका छन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘नेताहरूलाई करोडौँ बुझाउँदा पनि आफूहरूलाई थुनाएको रिसमा सबैको नाम पोलेका हुन सक्छन् ।’ इन्द्रजित राईनिकट समूहले त यस विषयमा कुरा बाहिर ल्याए मारेर बेपत्ता पारिदिने धम्कीसमेत आफूहरूलाई दिएको उनीहरूको भनाइ छ । सोही धम्कीका कारण उच्चपदस्थको संलग्नताको अडियो रेकर्डलगायत सम्पूर्ण प्रमाणसमेत उनीहरूले प्रहरीमा बुझाएका छन् । त्यही प्रमाणले यतिवेला देश तरंगित भएको छ । 

त्यसो त पीडितको दबाबपछि गत वर्ष जेठमा नै अपराध अनुसन्धान कार्यालयले बिचौलिया भण्डारीलाई पक्राउ गरेको थियो । उनले गृह मन्त्रालयकै पोल खोलिदिने धम्की दिएपछि केही घन्टामै छुटेको स्रोत बताउँछ । त्यतिखेर छाड्न दबाब दिनेमा हाल थुनामा रहेका सचिव पाण्डेसमेत थिए । त्यतिवेला उनी गृह मन्त्रालयमै कार्यरत थिए भने अहिलेका आइजिपी वसन्तबहादुर कुँवर उनीहरूमाथि अनुसन्धान गर्ने अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । 

खाणविरुद्ध प्रमाण जुटाउँदै प्रहरी 
पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको समेत नाम बयानमा लिएका छन् । तर, प्रमाण नभेटिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया भने अघि बढेको छैन । बयानमा आएको विवरणअनुसार गिरोहलाई सघाएको प्रमाणको खोजीमा प्रहरी छ । 

बालकृष्ण पन्थी कार्यलदको प्रतिवेदन कार्यान्वयनका लागि भनेर आफूहरूले तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डेलाई पैसा बुझाएको सानु भण्डारीको दाबी छ । उनले पैसा बुझाएको मितिसमेत टिपेर राखेका छन् । एक करोड २४ लाख बुझाएको दाबी छ । त्यसको मितिसमेत उनले प्रहरीमा दिएका छन् । नगद पैसा दिएको बताएपछि त्यसको प्रमाण फेला पार्न प्रहरीलाई सकस परेको छ ।

खाण मन्त्री रहेका वेला ठगी गर्ने गिरोहलाई सहयोग पुग्ने गरी गृह मन्त्रालयबाट केही नीतिगत निर्णय पनि भएको स्रोत बताउँछ । पहिलो, १९ मंसिर ०७८ मोरङ र झापा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको सम्बन्धमा मन्त्रिपरिषद्का विभिन्न निर्णय कार्यान्वयन गर्न भनिएको छ । १३ मंसिर ०७८ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्वेच्छिक स्वदेश फिर्तादेखि तेस्रो देशमा पुनस्र्थापनासम्बन्धी निर्णय कार्यान्वयन गर्न भनिएको छ । पुनस्र्थापनसम्बन्धी सोही विषय देखाएर बिचौलिया समूहले प्रक्रिया अघि बढेको भन्दै विश्वासमा पारेका थिए । 

त्यस्तै, २७ जेठ ०७९ मा झापाका प्रमुख जिल्ला अधिकारीलाई लिखित दिएर बिचौलियालाई सहयोग गरिएको थियो । छुट शरणार्थीको विषयमा अध्ययन गर्न झापाका सहायक सिडिओको अध्यक्षतामा बनेको समितिको म्याद दुई महिना थपिएको थियो । गृहसचिवस्तरीय निर्णयका आधारमा सो समिति बनेको थियो । 

साथै गृहको निर्देशनको पहिलो नम्बरमा समितिले उपसमिति गठन गर्न सक्ने उल्लेख छ भने दोस्रो नम्बरमा भनिएको छ, ‘सो विषयमा (भुटानी शरणार्थी) पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठिन समितिले पेस गरेको प्रतिवेदनसमेत अध्ययन गरी छुट शरणार्थीहरूसमेतका सन्दर्भमा दीर्घकालीन रूपमा समस्या समाधान, तर व्यवस्थापनका लागि राय एवं सुझावसहित पेस गर्ने ।’ 

यो बुँदाबाट बिचौलिया समूहकै स्वार्थमा पत्राचार भएको पुष्टि हुन्छ । त्यति निर्णय गराउन पनि गृहको नेतृत्वलाई पैसा बुझाउनुपरेको बयान पक्राउ परेका भण्डारीले दिएका छन् । तर, अहिलेसम्मको प्रमाणले नीतिगत निर्णय मात्र देखिएको र लेनदेन पुष्टि नभएकाले खाणविरुद्ध प्रहरीले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाउने आँट गरेको छैन । नेता खाणले भने शनिबार विज्ञप्ति निकाल्दै आफूमाथि लागेको आरोप आधाररहित र तथ्यहीन भएको दाबी गरेका छन् । 

पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको हकमा भने छोराको खातामा पटक–पटक पैसा हालेको पुष्टि भएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । सहजीकरण गरिदिएको भनेर पत्रिकामै बोलेको कुरा र अभियुक्तसँग सँगै हिँडेको फोटोलाई पनि प्रहरीले उनीविरुद्धको प्रारम्भिक प्रमाण मानेको छ । गत बुधबार गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा आफू निर्दाेष रहेकाले प्रहरीलाई सघाउने बताएका रायमाझी अझै फरार छन् । 

उता पैसा उठाउने बिचौलिया र पीडितबीच भएको कुराकानीमा कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाणलाई पनि पैसा बुझाएको भन्ने अडियो सार्वजनिक भएको छ । सो अडियोमाथि समेत छानबिनको माग गरी पीडितहरूले प्रहरीमा निवेदन दिएका छन् । तर, त्यसलाई पुष्टि गर्ने आधार हालसम्म नभेटिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हालसम्म सो मुद्दामा आठजना थुनामा छन् । उनीहरूलाई थप सात दिन थुनामा राख्न आइतबार जिल्ला अदालतले म्याद दिएको जिल्ला परिसरका प्रवक्ता एसपी रिजालले बताए । – नया पत्रीका , नवराज मैनाली

काठमाडौं महानगरले आजबाट थाल्यो अव्यवस्थित तार व्यवस्थापन कार्य 

0

काठमाडौँ महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गरेको छ ।

सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्न बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलदेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

सोमबार बिहान माइतीघर मण्डल र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिएको महानगर प्रहरी बलका प्रमुख पाण्डेले बताए । यसमा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहेका छन ।

ती क्षेत्रमा सेवा प्रदायकले आ-आफ्नो तारमा संकेत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैं जिम्मेवार हुनुपर्ने महानगरले जनाएको छ ।

प्रभु लाइफको सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स कार्यक्रम सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृतले हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले हामीलाई खोज्दै आउने कुरा ब्यक्त गर्नुभयो । त्यसैले आफ्नो कामलाई माया गरौ र निरन्तरता दिऔं, उहाँले भन्नुभयो ।


प्रभु लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरज्यूले सम्बोधन गर्दै जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तब्यका बारेमा प्रष्ट पार्नुभयो । कम्पनीका सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलज्यूले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच पाँच जना उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाई, नायव महाप्रबन्धक सोन बहादुर मगर, सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेल, प्रदेश १ ‘ए’ प्रमुख पुष्कर भट्टराई, प्रदेश १ ‘बी’ प्रमुख जगत नाथ फँुयाल, ब्राण्डिङ प्रमुख विनोद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।


अन्तराष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर श्री बी.पी. रेग्मीज्यूको लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । ट्रेनर रेग्मीज्यूले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिनुभएको थियो । बीमा मध्यस्थकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको थियो ।

चर्चित नागरिकता बिधेयक पारीत गर्न परामर्शमा सरकार

पूर्व राष्ट्रपती बिद्यादेबी भण्डारीले पहिलो पटक फिर्ता गरेर दोश्रोपटक प्रामिकरण नगरेको नागरिकता बिधेयक कसरी पारीत गर्ने भनेर सत्तारुढ दलहरु परामर्शमा जुटेका छन ।
तत्कालीन राष्ट्रपतिले संविधान विपरीत नागरिकता विधयेक ‘होल्ड’ गरेकी थिईन । सो बिधेयक कसरी अगाडि बढाउने भनेर सत्तारुढ दलहरुले कानुन ब्यबसायीहरुसँग परामर्श गरेका हुन ।
शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले उक्त विधेयक फेरि संसदमा फिर्ता आउँछ वा नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्छन् भनेर कानुन व्यवसायीसँग सुझाव मागेका थिए । कानुन व्यवसायीहरुले नयाँ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न सक्ने राय दिएका छन् ।
उक्त बिधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधयेक राष्ट्रपति भण्डारीले २९ साउन २०७९ मा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । उनले उक्त बिधेयक राष्ट्रघाती भएको सङ्केत गरेकी थिन ।
पहिलोपटक उनले सच्याउन भन्दै सम्सदलाई नै फिर्ता गरिदिएकी थीईन । तर सम्सदले जस्ताको त्यस्तै पुन प्रमाणीकरणका लागि पठाएको थियो । संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो ।त्यसपछी तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । त्यसबेला राष्ट्रपति कार्यालयले किन विधेयक प्रमाणीकरण नभएको हो भनेर न सार्वजनिक रुपमा बोल्यो, न संसदलाई जानकारी दियो ।
कानुन व्यवसायीहरुले विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताएका छन् । यो विधेयक संविधान विपरित राष्ट्रपति कार्यालयमा ‘होल्ड’ भएकाले नयाँ राष्ट्रपतिले चाहेमा अगाडि बढाउन सक्ने छलफलमा उपस्थित अधिकांशको राय थियो ।
‘राष्ट्रपति कार्यालय अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्छन् । संविधानले कुनै बाधा गर्दैन भन्ने सबैको राय रह्यो ।’- संविधानविद् चन्द्रकान्त ज्ञवाली आफ्नो धारणा प्रस्तुत गर्दै भन्छन ।
‘नेपाल बारको तर्फबाट विधेयक प्रमाणीकरण अब संसदको विषय होइन, राष्ट्रपतिकै विषय हुन्छ भन्ने सुझाव दियौं’- नेपाल बार एशोसिएसनकी महासचिव अञ्जिता खनालले भनिन ।
छलफलमा महान्यायाधिवक्ता दिनमणि पोखरेल, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वमहान्यायाधिवक्ताहरु र संवैधानिक कानुनका जानकार कानुन व्यवसायीहरु सहभागी थिए ।

टोपबहादुर रायमाझी सम्पर्कबिहिन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरार रहेका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन्। 

शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच एक घण्टा बढी लामो छलफल भएको छ। छलफलपछि पत्रकारले सोधेको प्रश्नमा उनले रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका हुन्। 

‘पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउँछन् र भन्नुभएको थियो। अहिले त हराइराखेका छन्। कहाँ बस्नुभएको छ उहाँ?,’ ओलीलाई एक पत्रकारले प्रश्न सोधेका थिए। 

त्यसको जवाफमा उनले भने, ‘तपाईंहरूले खोज्नुस् न। मेरो सम्पर्कमा हुनुहुन्न।’

यस्तै अभियुक्तलाई बचाउन लागेको आरोप छ भन्ने प्रश्नमा केही मान्छेहरूले त्यस्ता खालका हल्ला फैलाउने काम गरेको बताए। 

‘तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा? केही यस्ता खालका मान्छेहरू छन्, बेइमानीमा भरपर्ने, त्यस्ताहरूले हल्ला चलाउँछन्।’

एमाले सचिव रायमाझी अहिले फरार छन्।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको प्रकरणमा प्रहरीले उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

घोराही सिमेन्टको इपियस ५० पैसा,लगानीकर्तालाई गुमराहमा पारेर ठग्दै

४३५ रुपैयामा प्रिमियममा आइपीओ जारी गरेको घोराही सिमेन्टको इपियस पचास पैसा रहेको छ । कम्पनिको पौष मसान्तसम्मको विवरणमा देखिन्छ ।

घोराही सिमेन्टले हाल आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३०० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता ४०० रुपैयाँ र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि ३३५ रुपैयाँ प्रिमियम सहित ४३५ रुपैयाँको दरमा आइपिओ निष्काशन गरिरहेको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुले नबुझी आवेदन दिइरहेका छन् भने स्थानीय प्रभावित बासिन्दाले आवेदन नदिने घोषणा गरिसकेका छन् । कम्पनीले महंगो प्रिमियम लिएर लगानीकर्ताहरुलाई ठगी गर्न लागेको देखिन्छ ।


कम्पनिले गलत वित्तीय सूचकलाई देखाएर महंगो प्रिमियममा आइपिओ निष्काशन गरिरहेको घोराही सिमेन्टले लगानीकर्ताहरुलाई गुमराहमा पारी ठगी गर्ने नियत राखेको देखिन्छ । बिस्लेशणका क्रममा कम्पनीको आइपिओ निष्काशनमा गलत नियम राखेको पाइन्छ ।

वार्षिक लेखापरीक्षण गरिएका प्रतिवेदनहरु सार्बजनिक छैन :महंगो प्रिमियममा आइपिओ निष्काशन गरिरहेको घोराही सिमेन्टले अहिलेसम्म कुनै पनि वार्षिक लेखापरीक्षण गरिएका प्रतिवेदनहरु आम मासिसहरुले थाहा पाउने गरी सार्वजनिक गरेको छैन । अत्याधिक मूल्यमा शेयर बिक्री गर्दै गर्दा बोर्डले लगानीकर्ताका लागि त्यस्ता आधिकारिक विवरणहरु सार्वजनिक गर्नु पहिलो कर्तव्य हो । जनताले बित्तिय विवरण हेरेर लगानी गर्न पाउनु पर्ने हो तर जनतालाई गुमराहामा राखिएको छ , विवरणहरु लुकाइेको छ ।

धितोपत्र बोर्ड मुकदर्शक :
धितोपत्र बोर्डले समेत त्यस्ता बित्तिय विवरण कहि कतै उल्लेख गरेको छैन भने कम्पनीलाई आफ्नो विवरण वेवसाइटमा राख्न समेत निर्देशन दिएको छैन । कम्पनीले अन्य सोही अवस्थामा सञ्चालित कम्पनीहरुको भन्दा कम दरमा डिप्रिसिएसन खर्च राख्दा समेत कुनै प्रश्न उठाएको देखिँदैन ।
ह्रासकट्टी गर्दा गलत नियत : अरु कम्पनीहरुले सरदर १० देखि १५ प्रतिशतको बीचमा औषत ह्रासकट्टि गर्ने गरेता पनि घोराही सिमेन्टले भने केवल ५ प्रतिशतको मात्र औषत ह्रासकट्टि गरेर हिसाब राखी कम्पनीलाई नाफामा देखाई आफ्नो विवरणमा रिजर्भलाई बढि देखाएको देखिन्छ । सोही रिजर्भको आधारमा किताबी मुल्यको गणना गरी कम्पनीलाई किताबी मुल्यको २ गुणा प्रिमियममा आइपिओ निष्काशन गर्ने अनुमति बोर्डले दिएको देखिएको हुँदा यसमा धितोपत्र बोर्डभित्र समेत कम्पनीले प्रभाव पारी चलखेल गरेको सजिलै अनुमान गर्न सकिन्छ ।

कम्पनीले प्रस्तुत गरेको वित्तिय प्रोजेक्सनमा विगत २ आर्थिक वर्षदेखि बिक्री आम्दानी घटिरहेको छ । अझ रोचक त यस आर्थिक वर्षको पनि २ त्रैमासिक सम्म अघिल्लो आर्थिक वर्षको आधा पनि बिक्री आम्दानी नभएको तथ्यका बीच कम्पनीले अर्को बाँकी २ त्रैमासिकमा अघिल्लो आर्थिक वर्षको भन्दा धेरै बिक्री आम्दानी गरेको देखाएको छ । यहाँ कम्पनिले प्रोजेक्सन गरेको विवरण र वास्तविकतामा आकाश पातलको फरक देखिन्छ ।
ऋण तथा दाहित्य बढी
नेपाल विद्युत प्राधिकरणसँग कम्पनीले करिब १ अर्ब ४० करोड रुपैयाँ बक्यौता तिरेको छैन । बैंक वित्तिय संस्थामा समेत करिब करिब ७ अर्ब माथिको ऋण लिएको देखिन्छ । यता कम्पनीको खुद मुनाफा समेत अरु कम्पनीको भन्दा निकै थोरै रहेको देखिन्छ । अरु कम्पनीहरुको खुद मुनाफा औषतमा १० प्रतिशत हाराहारी रहँदा घोराहीको भने धेरै कम देखिन्छ ।


समग्रमा कम्पनिले लगानिकर्तालाई गुम्राहामा राखेर ठगी गर्ने नियतले विवरणहरु लुकाएको देखिन्छ । कम्पनिको इपियस पचास पैसा मात्र रहेको छ् जुन पुष मसान्तको कम्पनिले सार्बजनिक गरेको विवरणमा देखिन्छ ।