22.6 C
Nepal
Thursday, September 19, 2024

चर्चित नागरिकता बिधेयक पारीत गर्न परामर्शमा सरकार

पूर्व राष्ट्रपती बिद्यादेबी भण्डारीले पहिलो पटक फिर्ता गरेर दोश्रोपटक प्रामिकरण नगरेको नागरिकता बिधेयक कसरी पारीत गर्ने भनेर सत्तारुढ दलहरु परामर्शमा जुटेका छन ।
तत्कालीन राष्ट्रपतिले संविधान विपरीत नागरिकता विधयेक ‘होल्ड’ गरेकी थिईन । सो बिधेयक कसरी अगाडि बढाउने भनेर सत्तारुढ दलहरुले कानुन ब्यबसायीहरुसँग परामर्श गरेका हुन ।
शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले उक्त विधेयक फेरि संसदमा फिर्ता आउँछ वा नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्छन् भनेर कानुन व्यवसायीसँग सुझाव मागेका थिए । कानुन व्यवसायीहरुले नयाँ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न सक्ने राय दिएका छन् ।
उक्त बिधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधयेक राष्ट्रपति भण्डारीले २९ साउन २०७९ मा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । उनले उक्त बिधेयक राष्ट्रघाती भएको सङ्केत गरेकी थिन ।
पहिलोपटक उनले सच्याउन भन्दै सम्सदलाई नै फिर्ता गरिदिएकी थीईन । तर सम्सदले जस्ताको त्यस्तै पुन प्रमाणीकरणका लागि पठाएको थियो । संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो ।त्यसपछी तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । त्यसबेला राष्ट्रपति कार्यालयले किन विधेयक प्रमाणीकरण नभएको हो भनेर न सार्वजनिक रुपमा बोल्यो, न संसदलाई जानकारी दियो ।
कानुन व्यवसायीहरुले विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताएका छन् । यो विधेयक संविधान विपरित राष्ट्रपति कार्यालयमा ‘होल्ड’ भएकाले नयाँ राष्ट्रपतिले चाहेमा अगाडि बढाउन सक्ने छलफलमा उपस्थित अधिकांशको राय थियो ।
‘राष्ट्रपति कार्यालय अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्छन् । संविधानले कुनै बाधा गर्दैन भन्ने सबैको राय रह्यो ।’- संविधानविद् चन्द्रकान्त ज्ञवाली आफ्नो धारणा प्रस्तुत गर्दै भन्छन ।
‘नेपाल बारको तर्फबाट विधेयक प्रमाणीकरण अब संसदको विषय होइन, राष्ट्रपतिकै विषय हुन्छ भन्ने सुझाव दियौं’- नेपाल बार एशोसिएसनकी महासचिव अञ्जिता खनालले भनिन ।
छलफलमा महान्यायाधिवक्ता दिनमणि पोखरेल, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वमहान्यायाधिवक्ताहरु र संवैधानिक कानुनका जानकार कानुन व्यवसायीहरु सहभागी थिए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here